२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दराज बिक्रेताले एसएमई कर्जा पाउने

नबिल बैंक लिमिटेड र अनलाइन बजार दराजले संयुक्त रूपमा सारथि कार्यक्रम सञ्चालनमा ल्याएका छन् । यस रणनीतिक साझेदारीअन्तर्गत दराजमार्फत व्यापार गर्ने साना तथा मझौला उद्यम (एसएमई)ले नबिल बैंकबाट विभिन्न कर्जा सुविधा उपयोग गर्न सक्नेछन् । उक्त सम्झौतामा बैंकका डेपुटी सिइओ सुजितकुमार शाक्य र दराजका प्रबन्ध निर्देशक लिनो अलरिङले हस्ताक्षर गरेको दराजले जनाएको छ ।

यो सारथि कार्यक्रम एसएमईको योग्यतामा आधारित हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । सारथि कार्यक्रम अन्तर्गत, एसएमई बिक्रेताले आवश्यकता अनुसार विभिन्न कर्जा सुविधा अन्तर्गत एक करोड रूपैयाँसम्मको एसएमई कर्जा लिन सक्नेछन् । दराज बिक्रेताको लागि आकर्षक ब्याज दरमा उक्त कर्जा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

प्रकाशित: १५ मंसिर २०७७ ०४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App