१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

रुपन्देही नाकाबाट सशस्त्र प्रहरीको सक्रियतामा लक्ष्यभन्दा बढी राजश्व संकलन

सशस्त्र प्रहरीले रुपन्देहीस्थित नेपाल भारत सीमा नाकाबाट गत तीन वर्षको तुलनामा सबैभन्दा बढी राजश्व संकलन गरेको छ। नेपाल तथा भारत सीमा नाकाबाट चोरी तस्करीलाई नियन्त्रण गर्ने क्रममा यो वर्ष सबैभन्दा बढी राजश्व संकलन गरेको जनाएको छ। आर्थिक बर्ष २०७५/७६ मा दुई करोड २३ लाख ९० हजार ३७ रुपैयाँ, आर्थिक बर्ष २०७६/७७ मा चार करोड ३६ लाख २२ हजार दुई सय १४ रुपैयाँ र चालु आर्थिक बर्षको तीन महिनामा ९३ लाख ७९ हजार पाँच सय ५५ रुपैयाँ बराबरका रहेको छ।  

सशस्त्र प्रहरी बल रुपन्देहीका गणका गणपति एसपी तेज प्रसाद पोखरेलका अनुसार यो वर्षको तीन महिनामै गत वर्षको लक्ष्यभन्दा धेरै राजश्व संकलन भैसकेको र चोरी निकासीबाट आएको सामान भन्सार बुझाइएको छ।  उनका अनुसार कोरोनाको कारण देखाउदै केही व्यापारीहरुले समेत तस्करीमा गर्न थालेपछि सीमा नाका नै सिल गरेर गस्ती बढाइएको थियो। ‘खुल्ला सीमानाको फाईदा उठाँउदै लकडाउन तथा कोरोनाको कारण विद्यालय, शैक्षिक संस्था तथा अन्य व्यावस्थाका साथै धेरै व्यक्तिहरुको रोजगार समेत नभएको समयमा नेपाल भारत सीमामा बस्ने धेरै जसो व्यक्तिहरुले चोरी निकासी पैठारीलाई आफ्नो धन्दा बनाउँदै आएका रहेछन यस्तो अवस्थामा सशस्त्र प्रहरीले गस्ती बढाउदा लक्ष्यभन्दा बढी राजश्व उठ्न सफल भएको हो’, एसपी पोखरेलले भने।

उनका अनुसार देशमा लकडाउन तथा सीमा सिल गर्ने विषयमा नेपाल सरकारले देशमा सीमा ईलाकामा सशस्त्र प्रहरी बल तैनाथ गर्ने निर्णय बमोजिम पूर्व देखि पश्चिम उत्तर तथा दक्षिण सबै सिमा ईलाकामा सशस्त्र प्रहरी पुगेपछि क्रमिक रुपमा सशस्त्र प्रहरीले दैनिक रुपमा लाखौँ राजश्व संङ्कलन गरिरहेको छ। त्यस्तै लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही जिल्लाले चोरी तस्करी नियन्त्रण गरेको सीमा सिल लक डाउनमा सशस्त्र प्रहरीको प्रभावकारी परिचालन गरी उल्लेखनिय रुपमा चोरी पैठारि नियन्त्रण तथा राजश्व संकलन गरेको छ।‘ सशस्त्र प्रहरी पुरा सिमानामा तैनाथ भएपछि धेरै अवैध सामान नियन्त्रणमा आई राजश्व असुली बढेको देखिन आउदा कतिपयलाई चोरी तस्करी बढेको होकि भन्ने स्वाभाविक भए पनि हाल सीमाको हरेक ठाउँमा सशस्त्र प्रहरी बल परिचालनले गर्दा अवैध चोरी तस्करी निकासी धेरै हदसम्म कमि आएको छ व्यापारीहरुले हाल भन्सार जाँचपास गराउने तथा सानातिना व्यापारीले पनि भन्सारबाट नै भन्सार गराई सामान लैजान थालेका छन्’, उनले भने।  

सशस्त्र प्रहरी बल सीमानामा रहेको वेला सिमानाकामा समय समयमा तस्कर द्वारा स.प्र.बल माथि आक्रमण डर धम्की रहेता पनि बिशेष योजनाका साथ चोरी तस्करी नियन्त्रण गर्ने तथा चाँडपर्वमा हुने अवैध चोरी निकासीका साथै सीमा अपराध जंघन्य प्रकृतिका अन्य अपराधी, शान्ती सुरक्षा लगायत नियमित कार्यमा समेत उच्च स्तरको संमन्वय गरी कार्य गरेको थियो। नेपाल सरकारले लागु गरेको लक डाउनमा नेपाल प्रवेश गर्ने नाकाहरु मध्ये सुनौली वेलहिया नाकामा सशस्त्र परिचालन भई सीमामा दशैँ तिहार छठ लगायतका पर्व मनाउन आउने नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको सहयोग,सहजिकरण सुरक्षित तथा उनीहरुलाई ठोगिन तथा चोरी हुन बाट बचाउन सीमामा नै हेल्पडेक्स खाड गरी कार्य गरेको थियो। सीमा ईलाकामा अवैध चोरी तस्करी निकासी मुख्य समस्या रहि आए पनि हाल सशस्त्र प्रहरी बल सीमामा तैनाथ भएपछि राजश्वमावृद्वि र भन्सारको लक्ष्य प्राप्तिले चोरी तस्करी धेरै हदसम्म नियन्त्रणमा रहेको छ।

 

प्रकाशित: ४ मंसिर २०७७ ०६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App