२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विदेशी पुस्तक पैठारीमा भन्सार छुट दिने सरकारको निर्णय

पुस्तकमा लाग्दै आएको कर सम्बन्धी मन्त्रिपरिषद्ले गरेको निर्णयबाट विदेशी प्रकाशकले प्रकाशन गरेको पुस्तक तथा पत्रिकाको पैठारीमा लाग्दै आएको भन्सार महसुल सरकराले हटाएको छ।  

नेपाली प्रकाशन गृहबाट प्रकाशित पुस्तक विदेशबाट छपाई गरी पैठारी गरेमा साबिक बमोजिमको १० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्थामा कुनै परिवर्तन नगरिएको अर्थ मन्त्रालयले प्रष्ट पारेको हो।  

अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले एक विज्ञप्ति प्रकाशित गरी नेपाली प्रकाशन गृहबाट प्रकाशन हुने पुस्तक नेपालमा नै छपाई हुने र नेपालमा रहेका मुद्रण उद्योगको संरक्षण तथा प्रवर्दधन गर्न सघाउ पुग्ने बताए। केही दिनअघि मन्त्रिपरिषद्को बैठकले आर्थिक ऐन, २०७७ को दफा १८ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी विदेशी प्रकाशकले प्रकाशन गरेको पुस्तक तथा पत्रिकाको पैठारीमा आर्थिक ऐन, २०७७ बमोजिम लाग्दै आएको भन्सार महसुल पूर्ण रुपमा छुट दिने निर्णय गरेको थियो।

प्रकाशित: २८ कार्तिक २०७७ १२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App