१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

निजी क्षेत्रको मनोबल बढाउँछौं: अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाएर काम गर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई सहयोग र प्रोत्साहन गरेर कोभिड–१९ ले पारेको प्रतिकूलतालाई न्यूनीकरण गर्दै अर्थतन्त्रको पुनरुत्थान गर्न सकिने बताए । ‘सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न आवश्यक छ,’ पौडेलले भने ।

अर्थमन्त्री पौडेलले प्रतिकूल अवस्थामा स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई विशेष ध्यान दिएर व्यापार, व्यावसाय र उद्योगहरू चलाई अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरे । उनले बजेटमा उल्लेख गरिएका राहत र पुनरुत्थानका कार्यक्रमलाई सबैको साथ लिएर कार्यान्वयन गर्ने बताए ।  

अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रका समस्या र कठिनाइ बुझ्ने र निजी क्षेत्रले सरकारको सीमा र भूमिकालाई बुझेर अघि बढ्दा धेरै समस्या समाधान सकिने धारणा व्यक्त गरे ।  

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले क्रयशक्ति बढाई आर्थिक क्षेत्रलाई चलायमान बनाउन, व्यापार र उद्योग क्षेत्रलाई सहज रूपमा सञ्चालन गर्ने वातावरण तयार पार्न आग्रह गरे । नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री पौडेललाई २२ बुँदे सुझाव दिएको छ ।

प्रकाशित: २७ कार्तिक २०७७ ०५:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App