३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महोत्तरीका नाका सञ्चालनमा

भारतको विहार राज्यमा भएको विधानसभा निर्वाचनलाई दृष्टिगत गर्दै बन्द गरिएको महोत्तरीका सीमानाकाहरु आज बिहानदेखि पुनः सञ्चालनमा आएका छन्। कोरोना भाइरसलाई दृष्टिगत गर्दै मुख्य प्रवेशद्वारहरु बन्द गरिए पनि अन्य स्थानबाट आवतजावत पुनः सञ्चालन रहेकामा विहारमा भएको विभिन्न चरणको चुनावमा पटकपटक सामान्य आवतजावत पनि बन्द गरिएको थियो।

पछिल्लोपटक शनिबार सम्पन्न अन्तिम चरणको चुनावको बेला महोत्तरीको करीब ३९ किलोमिटरको सीमानाका पूर्ण रुपेन बन्द गरिएकामा नेपाल भारत आवतजावत शुरु भएको हो। खुल्ला सीमानाका कारण वन तथा अन्य स्थानमा समेत भारतीय सुरक्षाकर्मीले कडा निगरानी बढाएपछि ठप्प रहेको आवतजावत शनिबार सम्पन्न अन्तिम चरणको चुनावपश्चात् पुनः सञ्चालन भएको हो। रासस

प्रकाशित: २३ कार्तिक २०७७ ०७:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App