१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्रदेश १ को प्रतिव्यक्ति आय बढ्यो

अढाइ वर्षमा प्रदेश १ को प्रतिव्यक्ति आय २०.३३ प्रतिशतले बढेको छ। बुधबार प्रदेश १ को योजना आयोगले सरकारको मध्यावधि उपलब्धि प्रतिवेदन सार्वजनिक गर्दै सरकार गठन हुँदा ८ सय ९० अमेरिकी डलर रहेको प्रतिव्यक्ति आम्दानी हाल १ हजार ७१ डलर पुगेको जानकारी दिएको हो। 

योजना अयोगका सदस्य पूर्णकुमार लोक्सोमले प्रदेश १ को समग्र प्रगति पनि राम्रो रहेको बताए। उनका अनुसार प्रदेश लोकसेवा आयोग र आर्थिक मामिला तथा योजना मन्त्रालयको वित्तीय प्रगति न्यून छ। यस्तै भूमि व्यवस्था तथा सहकारी, आन्तरिक मामिला ताथ कानुन मन्त्रालय र प्रदेश योजना आयोगको प्रगति सामान्य छ।  

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, प्रदेश सचिवालय, मुख्य न्यायधिवक्ताको कार्यालय र प्रदेश लेखा नियन्त्रण कार्यालयको प्रगति राम्रो छ।  

योजना आयोगको प्रतिवेदन अनुसार प्रदेश सरकारको समष्टिगत उपलब्धिमा वित्तीयतर्फ ६५.३७, मन्त्रालयतर्फ ६८.७७ र भौतिक पूर्वाधारतर्फ ७१.९१ प्रतिशत छ।

प्रकाशित: ३० आश्विन २०७७ ०३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App