२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

आइएमईको कल्याणकारी भरोसा कोष

 कोभिड–१९ महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तलाई यथाशक्य सहयोग गर्ने उद्देश्यका साथ आइएमई ग्रुपले ‘भरोसा कोष’ स्थापना गरेको जनाएको छ।  

कोषमा २०७६ पुस १६ देखि २०७७ असोज ३० सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने आफन्तहरूले आवश्यक विवरण सहित पानीपोखरी, काठमाडौंस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयका साथै सबै प्रदेशस्थित प्रादेशिक कार्यालयमा यही कात्तिक मसान्तसम्म आवेदन दिनुपर्ने ग्रुपले जनाएको छ।

यसरी रितपूर्वक प्राप्त हुन आएका आवेदन उपर छलफल गरी आर्थिक सहायता उपलब्ध गराइने ग्रुपको विज्ञप्तिमा उल्लेख छ। आइएमई व्यवस्थापनले आफ्ना आधिकारिक वेबसाइटहरू मार्फत सोमबार एक आह्वान पत्र जारी गर्दै उक्त जानकारी गराएको छ।

प्रकाशित: २७ आश्विन २०७७ ०१:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App