२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पाँचजनाविरुद्ध राजस्वको मुद्दा

राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन गरेको आरोपमा हाइटेक इन्टरनेसनल प्रालिका सञ्चालक हरिकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको छ।

हाइटेकका श्रेष्ठसँग एक अर्ब ७१ करोड ५६ लाख रुपैयाँ बिगो असुल उपर गरी बिगोको तीन गुणासम्म जरिवाना र तीन वर्ष कैद सजाय समेत माग दाबी गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको विभागले जनाएको छ।

यसैगरी, विभागले नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व चुहावट गरेको आरोपमा ललितपुरको महालक्ष्मी नगरपालिका १ स्थित मनिष ट्रेडिङ कन्सर्न र यसका मुख्य कारोबारी किशोरी यादवसमेत तीनजनाविरुद्ध १३ करोड २५ लाख बिगो असुल गरी जरिवाना र कैद माग दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो।

नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छलेको बाराको रामपुर टोकनी–३ स्थित साहारा एन्ड खातुन ट्रेडर्सका प्रोप्राइटर कविरन खातुनविरुद्ध पनि नौ करोड ९६ लाख बिगो असुल गरी जरिवाना र कैद माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ।

प्रकाशित: २६ आश्विन २०७७ ०३:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App