१४ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनसेलको पर्व लक्षित अफर, हरेक दिन सात सयजनालाई दुई सय रूपैयाँ बोनस

एनसेल आजियाटा लिमिटेडले चाडपर्व लक्षित ‘कुरै कुरामा उपहार’ योजना सार्वजनिक गरेको छ। सार्वजनिक योजना अन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्टिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरी उपहार जित्न सक्नेछन्।

दैनिक, साप्ताहिक र बम्पर उपहार पनि योजनामा रहेको कम्पनीले जनाएको छ।मंसिर १३ सम्म जारी रहने यस योजनामा सहभागी हुनेबित्तिकै ग्राहकले हरेक दिन भ्वाइस कल गर्न निश्चित मिनेटको लक्ष्य पाउने र भ्वाइस कल गर्नेबित्तिकै ग्राहकले त्यही दिनको मध्यरातसम्मको बोनस अन नेट टक टाइम पाउने कम्पनीले जनाएको छ।

यसैगरी हरेक दिन सात सयजनाले दुई सय रूपैयाँ बोनस ब्यालेन्स, सातजनाले सामसङ ग्यालेक्सी एम ०१एस र बम्पर उपहारमा दुईजनाले सामसुङ ग्यालेक्सी नोट २० पाउने कम्पनीको भनाइ छ।योजनामा दैनिक धेरै मिनेट कुरा गर्नेमध्ये प्रत्येक प्रदेशबाट सयजनालाई उपहार दिइने र अन्य उपहार पनि रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: २० आश्विन २०७७ ०१:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App