४ वैशाख २०८१ मंगलबार
अर्थ

खुलामुखी इकाइ पुनर्खरिदमा नयाँ व्यवस्था

नेपाल धितोपत्र बोर्डले योजना व्यवस्थापकले खुलामुखी योजनाको इकाइ पुनर्खरिद गर्दा लिने शुल्क योजनाको आयमा लेखांकन गर्नुपर्ने व्यवस्था गरेको छ।  

यो व्यवस्था बुधबारदेखि लागू भएको बोर्डले जनाएको छ। यसअघि उक्त आयको लेखांकन योजना व्यवस्थापकले गर्ने गरेका थिए। विद्यमान व्यवस्थाले इकाइधनीको कोष मजबुत भई बढी प्रतिफल पाउन सहयोग पुग्ने बोर्डका प्रवक्ता निरज गिरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

त्यस्तै योजना व्यवस्थापक र योजनाको लेखा परीक्षकको नियुक्ति गर्दा बोर्डलाई जानकारी दिई नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ। यसअघि बोर्डबाट स्वीकृति लिएर मात्र गर्न सकिने व्यवस्था थियो। 

प्रकाशित: २५ भाद्र २०७७ ०३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App