coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

कर तिर्ने म्याद थप माग

भक्तपुर उद्योग वाणिज्य संघले कर दाखिला म्याद थप गरिदिन सरकारसँग आग्रह गरेको छ। आन्तरिक राजस्व कार्यालयबाट यही भदौ २५ गतेभित्र तिर्नुपर्ने कर दाखिला नगरे करदातालाई जरिवाना गर्ने सूचनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ।  

वर्तमान अवस्था कायम रहुन्जेलसम्म विलम्ब जरिवाना आदि लगाउने व्यवस्था हालका लागि स्थगन गरी उपयुक्त व्यवस्थासहित कर दाखिला म्याद थप गर्न अनुरोध गरेको हो।  

संघका अध्यक्ष प्रदीप श्रेष्ठद्वारा जारी विज्ञप्तिमा वर्तमान परिस्थितिमा अधिकांश जिल्लालगायत काठमाडौं उपत्यकामा जारी हुँदै गरेको निषेधाज्ञा भदौ २४ गते मध्यरात १२ बजेसम्म कायमै रहेकामा भदौ २५ गते करदाताले तिर्नुपर्ने सम्पूर्ण कर अनिवार्य रुपमा दाखिला गर्नुपर्ने व्यवस्था असान्दर्भिक र अव्यवहारिक रहेको जनाएको छ।

प्रकाशित: २४ भाद्र २०७७ ०४:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App