१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

एनसेल आजियाटाको ‘पहिलो सिम’

एनसेल आजियाटा लिमिटेडले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) का विद्यार्थीका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ। यो योजनामा एसइईका विद्यार्थीले एक रुपैयाँमा प्रिपेड सिम खरिदका साथै निःशुल्क माई फाइभ सेवा र बोनस डेटाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।

भदौ १८ देखि लागू भएको योजना अनुसार निःशुल्क माई फाइभ सेवाका लागि आफूलाई सधै सम्पर्कमा रही रहनुपर्ने पाँचवटा एनसेल नम्बर सेट गर्न सकिन्छ। नम्बरहरु माई फाइभ समूहमा राखेपछि विद्यार्थीले पहिलो ३० दिनसम्म ती नम्बरमा निःशुल्क कुराकानी गर्न सक्छन्। ३० दिनपछि पनि विद्यार्थीले ती नम्बरमा मात्र ९९ पैसा प्रतिमिनेटमा बाँकी ११ महिनासम्म कुराकानी गर्न सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २२ भाद्र २०७७ ०५:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App