१४ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनसेल आजियाटाको ‘ननस्टप’ अफर

एनसेल आजियाटा लिमिटेडले फोरजी ग्राहकका लागि नयाँ योजना ल्याएको छ । यसअन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको ननस्टप मजा लिनुका साथै बोनस डेटाको फाइदा लिन सक्ने बताइएको छ । कम्पनीले आफ्नो हाल सञ्चालनमा रहेको ननस्टप युट्युब प्लस अफरमा थप विकल्प प्रदान गर्दै अफरहरू ल्याएको जारी विज्ञप्तिमा उल्लेख छ ।

‘प्लस’ थिमअन्तर्गत ल्याइएका यी ननस्टप अफरहरू बिहीबारदेखि सञ्चालनमा आएका छन् । ‘प्लस’ थिमले नयाँ र विशेष सेवाको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने कम्पनीले जनाएको छ ।  

यस योजनामा ग्राहकले आफूलाई मनपर्ने सामाजिक सञ्जालको प्याक सुचारु गरेपछि त्यस प्याकको समयसीमा बाँकी भएसम्म ननस्टप मजा लिन सक्नेछन् ।  

प्रकाशित: १९ भाद्र २०७७ ०४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App