coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अब निषेधाज्ञा मान्दैनौं : उद्योग व्यापार संगठन

फाइल तस्बिर

उद्योग व्यापार संगठन, रूपन्देहीले अब उप्रान्त कुनै पनि बन्दाबन्दी र निषेधाज्ञा नमान्ने घोषणा गरेको छ ।  

संगठनले विज्ञप्ति जारी गरी यही भदौ १४ गतेको बैठकमा प्रशासनले अनुरोध गरेकाले अन्तिम पटकका लागि समर्थन गरेकाे तर अब उप्रान्त कुनै पनि किसिमको प्रतिबन्ध स्वीकार नगर्ने चेतावनी दिएको हो ।  

उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीकाे हस्ताक्षरमा जारी विज्ञप्तिमा भदौ २१ गतेदेखि स्वास्थ्य मन्त्रालयको निर्देशिका पालना गरी उद्योग, व्यवसाय सञ्चालन गर्न दिन नगरपालिका र जिल्ला प्रशासनसँग अनुरोध गरिने र नमानेका खण्डमा व्यवसाय खोलिने उल्लेख छ ।

उद्योगी व्यवसायीले तिर्नुपर्ने खर्च रिडिङ मिटर जस्तै : बढिरहने तर बन्दाबन्दीका कारण उत्पादन बिक्री गर्न नपाउँदा ठूलो आर्थिक क्षति भइरहेको विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित: १७ भाद्र २०७७ ११:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App