७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

कृषि उपज बिक्री केन्द्र बन्दै

हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौमा निर्माणाधीन कृषि उपज संकलन केन्द्र । तस्बिर: दमन राई/नागरिक

हलेसी तुवाचुङ नगरपालिकाले कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण सुरु गरेको छ । नगरपालिकाका किसानले उत्पादन गरेका खाद्यवस्तु, तरकारी तथा फलफूल संकलन गरी बिक्री गर्ने व्यवस्थाका लागि अर्खौलेमा संकलन केन्द्र निर्माण सुरु गरिएको हो ।  

नगरपालिकाका मेयर इवन राईले नगरपालिकाकै ११ वटा वडामा कृषि उपज बिक्री वितरण र विनिमय गर्ने वातावरण बनाइने, त्यस क्रममा वडाबाट बिक्री नभएका थोक वस्तु नगरपालिकाले खरिद गरेर संकलन केन्द्रमा पु-याउने बताए ।  

कृषि उपज उत्पादन हुने तर बिक्री नहुने समस्या हल गर्न नगरपालिकाले आर्थिक वर्ष ०७६/७७ को बजेटबाट कृषि उपज संकलन केन्द्र निर्माण सुरु गरेको जनाएको छ । हालसम्म संकलन केन्द्रको ७५ प्रतिशत काम पूरा भएको मेयर राईले बताए ।  

प्रकाशित: १६ भाद्र २०७७ ०३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App