१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

एउटा बैंकको एटिएम अर्कोमा प्रयोग गर्दा शुल्क नलाग्ने

एउटाको एटिएम अन्य बैंकमा प्रयोग गर्दा शुल्क नलाग्ने भएको छ । आइतबार नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका गरी गर्दै उक्त व्यवस्था गरेको हो । जुनसुकै बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा प्रयोगकर्तासँग कुनै शुल्क लिन नपाइने उक्त निर्देशिकामा उल्लेख छ । यसअघि लकडाउनको समयमा अन्तरबैंक एटिएम प्रयोग गर्दा शुल्क नलिने व्यवस्था गरिए पनि लकडाउन खुलेसँगै बैंकले पुनः शुल्क लिन थालेका थिए । यसअघि बैंकअनुसार एउटाको डेबिट कार्ड अर्कोको अटोमेटेड टेलर मेसिन (एटिम)मा घुसारेर पैसा निकाल्दा बैंक हेरी ५० रूपैयाँसम्म शुल्क लाग्थ्यो । त्यस्तै, प्राकृतिक व्यक्तिको नाममा एउटै प्रकारको एकभन्दा बढी डेबिट÷क्रेडिट कार्ड पनि जारी गर्न नपाउने सोही निर्देशिकामा उल्लेख छ । 

प्रकाशित: १५ भाद्र २०७७ ०३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App