१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

पूर्वाधार र विमानस्थललाई १७ अर्ब ४० करोड बजेट

हवाई पूर्वाधार विकास र विमानस्थल निर्माणमा चालु आर्थिक वर्ष ०७७/७८ मा १७ अर्ब ४० करोड २७ लाख रुपैयाँ खर्च हुने भएको छ।नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लेसार्वजनिक गरेको आव ०७७/७८ को बजेटमा हवाई पूर्वाधार र विमानस्थलका लागि से मात्रामा बजेट विनियोजन गरिएको छ।  

चालु आव ०७७/७८ लागि ४१ अर्ब ११ करोड तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको क्यानले अन्तर्राष्ट्रिय विमानस्थलको लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न तीन अर्ब ९४ करोड ८३ लाख रुपैयाँ छुट्ट्याएको छ।  

क्यानले पूर्वाधार निर्माणतर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको उत्तरतर्फ एप्रोन र प्यारलल ट्याक्सी वे बनाउन एक अर्ब ९१ करोड २३ लाख र दक्षिणतर्फ प्यारलल ट्याक्सी वे बनाउन एक अर्ब ४६ करोड एक लाख रुपैयाँ विनियोजन भएको जनाएको छ।सोही विमानस्थलमा टर्मिलन भवन विस्तार तथा स्तरोन्नति गर्न ४० करोड, बुटिक एयरपोर्टको अवधारणाअनुसार बाँकी काम पूरा गर्न क्यानोपी र आन्तरिक टर्मिनल भवन निर्माणका लागि २८ करोड रुपैयाँ विनियोजन गरेको छ।  

त्यस्तै, चालु आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउने तयारी रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग र टर्मिनल भवन निर्माण गर्न तीन अर्ब २८ करोड तीन लाख रुपैयाँ विनियोजनगरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भवन निर्माण र धावनमार्गका लागि १० अर्ब २५ करोड रकम छुट्ट्याइएको छ।

यो वर्ष प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकालागि १९ सय हेक्टर क्षेत्रफलमा रहेका रुख कटान तथा साइट क्लियरेन्सका लागि तीन करोड तथा विमानस्थलको पेरिफेरी रोड निर्माणका लागि पाँच करोड रुपैयाँ छुट्ट्याइएको छ।

त्यस्तै, आन्तरिकतर्फका ताप्लेजुुङ विमानस्थलको धावनमार्ग विस्तार गर्न दुई करोड विनियोजित भएको छ।क्यानले इलाम, गुल्मी, डोल्पा, मसिनेचौर, कालीकोट, बझाङ, बलेवा विमानस्थलको धावनमार्ग पक्की गर्न, तुम्लिङटार, राजविराज, सुर्खेत र सिमरा विमानस्थलको धावनमार्ग ओभरले गर्न, लुक्ला तथा सिमिकोट विमानस्थलमा एप्रोन तथा हेलिप्याड निर्माण गर्न, विराटनगर, रामेछाप, रारा, तुम्लिङटार, साँफेबगर, नेपालगन्ज र सिमरा विमानस्थलको टावर तथा टर्मिनल भवन निर्माणका लागि समेत बजेट छुट्ट्याएको छ। तर बजेट रकम खुलाइएको छैन।

क्यानले यन्त्र–उपकरणतर्फसमेत एक अर्ब ८३ करोड ९६ लाख रुपैयाँ विनियोजन गरेको छ।जग्गाको मुआब्जा वितरण गर्न मात्रै तीन अर्ब ९४ करोड ८३ लाख रुपैयाँ विनियोजन भएको छ। जसअनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि मात्रै अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न दुई अर्ब १६ करोड ८३ लाख रकम विनियोजन भएको छ।

त्यस्तै, प्रस्तावित निगजढ अन्तर्राष्ट्रिय विमानस्थलको लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न २० करोड, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको मुआब्जा वितरण गर्न ७८ करोड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न ८० करोड रुपैयाँ विनियोजन गरेको क्यानले जनाएको छ।  

क्यानले आन्तरिकतर्फका ताप्लेजुङ, चन्द्रगढी, विराटनगर, रामेछाप, सुर्खेत, नेपालगन्ज, धनगढी, राजविराज, जुम्ला र डोटी विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण गर्न समेत ६१ करोड रुपैयाँ विनियोजित गरेको छ। दाङको नारायणपुरमा नयाँ विमानस्थल निर्माणका लागि जग्गा अधिकरण गर्न ५० लाख रुपैयाँ विनियोजन भएको बजेट तथा कार्यक्रममा समेटिएको छ।

प्रकाशित: २६ श्रावण २०७७ ०३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App