२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

सुजुकीको नयाँ भिटारा ब्रेजा सार्वजनिक

नेपालका लागि सुजुकी ब्रान्ड कारको अधिकृत बिक्रेता तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले ‘नयाँ पावरफुल र स्टाइलिस’ भिटारा ब्रेजा सार्वजनिक गरेको छ ।  

स्पोर्टी र बोल्ड लुक्सबाट सज्जित सुजुकीको नयाँ कम्प्याक्ट एसयुभीमा प्रिमियम इन्टेरियरका साथै ‘फस्ट–इन–क्लास’ फिचर (विशेषता) हरू रहेको कम्पनीले जनाएको छ । १४६२ सिसीको ‘के–सिरिज’ बिएस६ पेट्रोल इन्जिन जडित भिटारा ब्रेजामा पाँच स्पिड म्यानुअल ट्रान्समिसन छ । नयाँ कम्प्याक्ट एसयुभी भीएक्सआई र जेडएक्सआई प्लस गरी दुई भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

‘चार वर्षअघि सार्वजनिक गरिएको भिटारा ब्रेजा नेपालमै सबैभन्दा बढी बिक्री भएको एसयुभीमध्ये पर्छ । नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी बोल्ड, स्पोर्टी र पावरफुल भएर आएको छ । यसले अघिल्ला पुस्ताको विरासतलाई अझ माथि पु¥याउनेछ,’ सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीको भनाइ छ ।

सन् २०१६ मा सार्वजनिक भएको भिटारा ब्रेजाले केही समयमै अटो बजारमा तहल्का मच्चाउँदै सबैभन्दा बढी अवार्ड हासिल गर्न सफल एसयुभी बनेको उनको भनाइ छ ।  

यसमा सेग्मेन्टमै पहिलोपटक डुअल च्याम्बर एलइडी प्रोजेक्टर हेडल्याम्प, अटो फोल्डिङ ओआरभिएम जस्ता फिचर छन् । साथै यसमा १७.७८ सेन्टिमिटरको टचस्क्रिन स्मार्ट प्ले स्टुडियो, अटो एसी, भ्वाइस कमान्ड, स्मार्ट की, एलइडी फगल्याम्प, अटो डिमिङ आइआरभिएम, रेन सेन्सिङ वाइपर, क्रुज कन्ट्रोल, डाइमन्ड–कट एलोई ह्विल छन् ।  

स्टेट अफ आर्ट टिइसिटी च्यासिस, डुअल एअर ब्याग, इबिडीसहितको एबिएस, पेडेस्ट्रियन प्रोटेक्सन सिस्टम, रिभर्स सेन्सर, आइसो फिक्स चाइल्ड एन्करेज र फोर्स लिमिट र प्रिटेन्सनसहितको सिट बेल्ड पनि स्ट्यान्डर्डको रूपमा राखिएको छ । कम्पनीका अनुसार भिएक्सआईको ४१ लाख ६९ हजार र जेडएक्सआई प्लसको ४४ लाख ६९ हजार मूल्य तोकिएको छ । बजार मूल्यमा सुरुवाती छुट तीन लाख ७० हजार रहेको र यो छुट पहिलो ५० वटा भिटारा ब्रेजामा लागू हुने कम्पनीको भनाइ छ ।

प्रकाशित: १३ श्रावण २०७७ ०४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App