९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेल प्राइभेट लिमिटेडले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७७’ अन्तर्गतको नगद पुरस्कार रकम हस्तान्तरण गरेको छ ।  

एनसेलले पुल्चोक क्याम्पसका पाँच संकायका उत्कृष्ट विद्यार्थीलाई प्रत्येक वर्ष छात्रवृत्ति तथा उत्कृष्टता सम्मान गर्दै आएको जनाएको छ । कम्पनीले यो वर्षको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान अन्तर्गतको नगद पुरस्कार रकम २४ लाख रूपैयाँको चेक क्याम्पस प्रमुख लक्ष्मण पौडेललाई हस्तान्तरण गरेको जनाएको छ ।

उत्कृष्टता सम्मानअन्तर्गत इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनियरिङ संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहकोे पढाइ सकाएका प्रत्येक संकायका १–१ जना र यी पाँचै संकायका छात्रामध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एकजनालाई उत्कृष्टता सम्मान प्रदान गर्ने गरिने छ । छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि एक लाख रूपैयाँ रहेको छ । 

प्रकाशित: १३ श्रावण २०७७ ०३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App