७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिचाइँकुलो बनेपछि नियमित धानखेती

जुम्ला तिला गाउँपालिका ७ घोडेसिम गाउँमा पक्की सिचाइँ कुलो निर्माण भएपछि मार्सी धानखेती नियमित रुपमा हुन थालेको छ। सिचाइँ कुलो नहुँदा धानखेती रोकिएको थियो। धान लगाउने खेतमा मकै, सिमि,आलु, कोदो र तरकारी लगाउने गरिएको थियो। तर यो बर्षदेखि नियमित रुपमा धानखेती गर्न थालेको स्थानीय गोर्खबहादुर रोकाया बताउँछन्।  

उनले भने,‘पहिलेको कच्ची कुलोमा पानी छिरेर खेतसम्म पुग्न कठिन हुन्थ्यो। रातभर जाग्रम बसेर सिचाइँ गर्नु पथ्र्यो। जसले गाउँ नै जोखिममा थियो। सिचाइँ अभावमा आकासे भरमा अन्य खेती हुदै आएको थियो।’ अहिले पक्की कुलो निर्माण भएपछि स्थानीयले धानखेतिलाई निरन्तरता दिएका हुन्। उनीहरुले अब नियमित रुपमा मार्सीधान उत्पादन गर्न सकिने भन्दै खुसी पोखेका छन्।  

गोर्खबहादुर भन्छन्,‘सिँचाइले धानखेति गर्न पाउँदा स्थानीय हर्षित छौं। मुहानदेखि खेतसम्म कतै पनि चुहावट नभएर पानी पुग्न थालेपछि सिचाइँ अभाव खेप्नु परिरहेको छैन्।’ पक्की कुलो बनेपछि ९ हेक्टर क्षेत्रफल जग्गामा धान खेती भइरहेको छ। ८ सय ९९ मिटर पक्की कुलो बनेको छ।  

घोडेगाउँका ८६ घरधुरीले धान खेती थालेका हुन्। अर्का स्थानीय केशव रोकाया सिचाइँ नहुँदा रोकिएको धानखेतीले नियमितता पाउँदा खुसी भएको बताए। उनले भने, ‘त्यो क्षेत्रमा मार्सीधान रोपिएको छ। स्थानीय महिलाले निकै खुसी महसुस गरेर धान रोपे। सिचाइँ कुलो गाउँमाथि भएकोले पहिले निकै जोखिम थियो। ’गाउँमा पहिरो जाने खतरा थियो। अहिले पक्की कुलो निर्माणपछि जलवायुको पनि संरक्षण भएको छ। लोप हुन थालेको धानखेती पनि लगाउन थालिएको छ।  

अनुकुलन कोष, वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा पेश नेपालद्धारा सञ्चालित कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौति अनुकुलन सम्बन्धी कार्यक्रम(क्याप्स कर्णाली ) ले पक्की कुलो निर्माण गरेको हो।  

कुल ४१ लाख ७९ हजार ८ सय ७० रुपैयाँ ५४ पैसाको लागतमा पक्की कुलो निर्माण भएको हो। जसमा ४ लाख ४० हजार ३ सय ९१ रुपैयाँ ४८ पैसा बराबरको स्थानीयले श्रमदान गरे। पेस नेपालका अध्यक्ष किशोर न्यौपाने स्थानीय सरकार संगको समन्वयमा स्थानीयको माग र आवश्यकतामा आधारमा कुलो निर्माण भएकोले गुणस्तरीय काम भएको बताउँछन्।  

उनले भने,‘सिचाइँ कुलाले जलवायु अनुकुलनमा निकै ठूलो मद्धत मिलेको छ। यो कुलोबाटै गाउँमा बिजुली समेत वालिएको छ। पक्की कुलोले सहजै रुपमा सिचाइँ भएर धानखेती शुरु भएको छ। गाउँ पहिरोको जोखिमबाट बचेको छ। गाउँ नै उज्यालो बनाउने काम पनि गरेको छ, उनले भने,‘ अहिले खुसी मानेर किसानले धान रोपे। यो नै खुसीको विषय हो।’

तिला गाउँपालिका अनुगमन समितिले समेत पक्की कुलो पालिका भित्रको नमुुना भएको जनाएको छ। अनुगमन समितिका संयोजक विष्णु बुढाले कुलो निर्माण निकै मेहनतका साथ भएको बताइन्। उनले भनिन्,‘यो कुलोले आगामी दिनमा पालिका स्तरमा हुुने सिचाइँ कुलो निर्माणमा मार्ग प्रसस्त गरेको छ। यो कुलो निकै गुणस्तरको र दिर्घकालिन रुपमा हुने देखिन्छि। कुलो निर्माणमा स्थानीयको मेहनत, दाताको लगानी र प्राविधिकको रेखदेख निकै अतुलनीय छ।

प्रकाशित: २३ असार २०७७ ०८:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App