coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

लक्ष्मी हुन्डाईको क्लिक टू बुक

नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि (लक्ष्मी हुन्डार्ई)ले कोभिड–१९ ले जटिल बनाएको परिस्थितिलाई सहज बनाउन आफ्नो ग्राहकका लागि नौलो सुविधा सुरु गरेको छ। यस सुविधामार्फत ग्राहकले सोरुमसम्म नपुगिकन सजिलै अनलाइनबाट आफूलाई चाहिएको हुन्डाई गाडी बुकिङ गर्न सक्नेछन्।  

लक्ष्मी हुन्डाईले हाल कोविड–१९ को सावधानीस्वरुप सामाजिक दुरी कायम राख्दै आफ्ना ग्राहकलाई उत्कृष्ट तथा नौलो सुविधा प्रदान गर्न आफ्नो आधिकारिक वेबसाइटबाट क्लिक टू बुक सेवाको सुरु गरिएको छ ।  

ग्राहकका लागि गाडी खरिदको प्रक्रिया सहज बनाउन यस प्रणालीमार्फत ग्राहकले आफूलाई चाहिएको गाडी सजिलै खोजेर छनोट गरी त्यस गाडीको विभिन्न विशेषता, मूल्य, छुट तथा अन्य विभिन्न फाइदाहरुको साथै आफूलाई चाहिएको गाडीको उपलब्ध रहेका विभिन्न रंगहरुको पनि जानकारी लिन सक्ने कम्पनीले जनाएको छ।  

ग्राहकहरुले आफूलाई चाहिएको गाडी छनोट गरेपछि बिक्री परामर्शका लागि दर्ता प्रक्रिया सेट–अप गरिनेछ। त्यसपछि ग्राहकलाई तोकिएको  बिक्री परामर्शदाताले सिधैं सम्पर्क गर्नेछन्। ग्राहकले टेस्ट ड्राइभका लागि पनि अनलाइनबाट अनुरोध गर्न सक्नेछन्, जस्को व्यवस्थापन बिक्री परामर्शदाताले नै गर्नेछन् र यसका साथै सवारी साधनको एक्सचेन्जको अनुरोध पनि अनलाइन पोर्टलमार्फत गर्न सक्नेछ।  

ग्राहकले उपलब्ध रहेको गाडीको जानकारी र अफरहरुबाट सन्तुष्ट भएपछि बुकिङका लागि अनलाइनबाट कोटेसन जारी गर्न र साथै आवश्यकता परेमा बैंक फाइनान्सको पनि प्रक्रिया अनलाइनबाट सुरु गर्न सक्ने बताइएको छ। उनीहरुले प्रदान गरिएको भुक्तानी गेटवे मार्फत अनलाइन भुक्तानी गरी सजिलै गाडी बुक गर्न सक्ने कम्पनीले जनाएको छ।  

हुन्डाईका गाडी सधैं नेपाली ग्राहकको छनोटमा पर्न सफल रहेको कम्पनीको दाबी छ। 

प्रकाशित: २२ असार २०७७ ०३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App