१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

एनआईसी एसिया लघुवित्तको आईपिओ निष्कासन

एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले ४७ करोड ५५ लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) निष्कासन गरेको छ । अंकित मूल्य एक सय रुपैयाँका ४७ लाख ५५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको वित्तीय संस्थाले जनाएको छ ।  

वित्तीय संस्थाका अनुसार ४७ लाख ५५ हजार साधारण सेयरमध्ये कर्मचारीलाई ७४ हजार कित्ता छुट्याइएको छ भने २ लाख ३७ हजार ८ सय कित्ता साधारण सेयर सामूहिक लगानी कोषको लागि बाँडफाड गरिएको छ ।  

त्यसैगरी, सर्वसाधारणका लागि ४४ लाख ४३ हजार २ सय कित्ता साधारण शेयर निष्काशन गरेको वित्तीय संस्थाले जनाएको छ । लगानी कर्ताले वित्तीय संस्थाको न्यूनतम १० कित्ता साधारण सेयर खरिद गर्न पाउनेछन् ।  

आगामी असार १४ गतेसम्मको लागि निष्कासन गरीएका साधारण सेयर बिक्रि नभएमा १० दिनको अवधी थप हुने बित्तीय संस्थाले जनाएको छ । प्रधान कार्यालय जाजरकोटस्थित खलंला बजारमा रहेको वित्तीय संस्थाको संस्थापक सेयरधनी एनआइसी एशिया बैंक हो ।

प्रकाशित: १० असार २०७७ ११:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App