१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विश्व बैंकको ऋण सहयोगमा हस्ताक्षर

विश्व बैंकले दिने करिब १२ अर्ब रुपैयाँ बराबरको सहुलियत  ऋण सहायताका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ऊर्जा क्षेत्रमा लगानी बढाउन र कार्यकुशलता अभिवृद्धिक लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था आइडिएले दिने १२ अर्ब रुपैयाँ सहुलियत ऋण सहायताका लागि हस्ताक्षर भएको हो ।  

नेपालका तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र बैंकका देशीय निर्देशक फारिस हाजाडजेर्भोसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कोरोना संकटविरुद्ध लड्न र विद्युत् क्षेत्रका लागि विश्व बैंकले ऋण सहयोग गरेको हो ।  

सो ऋण सहायताबाट नेपालमा भरपर्दो र दिगो विद्युत्ले गरिबी न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ । विश्व बैंकले डेभलपमेन्ट पोलिसी क्रेडिटअन्तर्गत नेपाललाई सहयोग गर्दै आएको छ । 

प्रकाशित: १० असार २०७७ १०:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App