१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

ग्रिल उद्योगलाई स्वास्थ्य सुरक्षा उपकरण

दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना कार्यक्रमले ग्रिल उद्योगहरुलाई विभिन्न स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । सरकारले बन्दाबन्दी (लकडाउन) खुकुलो बनाएसँगै सञ्चालनमा आएका उद्योगमा काम गर्ने कामदार तथा ग्राहकको सुरक्षाका लागि परियोजनाले ग्रिल तथा स्टिल व्यवसायी महासंघ र अटो मेकानिकल महासंघलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।  

कोरोना संक्रमणको समयमा सञ्चालनमा आएका उद्योगहरुमा काम गर्ने कामदार तथा ग्राहकहरुको सुरक्षालाई मध्यनजर गर्दै सामग्री हस्तान्तरण गरिएको परियोजनाका टिम लिडर सुवास सुवेदीले बताए ।

सरकारले बन्दाबन्दीको मोडालिटी परिवर्तन गरेसँगै सञ्चालनम आएका उद्योगहरुलाई  सुरक्षित बनाउन  पाँचवटा उद्योगहरुलाई नमुनाका रुपमा सामग्री दिइएको बताए । स्वास्थ्य सुरक्षाका सामग्रीले कोरोना संक्रमण न्यूनीकरणका लागि थप सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । ग्रिल व्यवसायी राम कुमार गिरीले बन्दाबन्दीको मोडालिटी परिवर्तन भएपछि सम्पूर्ण सुरक्षा सावधानी अपनाएर उद्योग सञ्चालनमा आएको बताए ।

स्विस सरकारको स्विस विकास सहयोग र नेपाल सरकारको सहकार्यक्रम सञ्चालित एसटिसी परियोजनाअन्तर्गत उक्त सामग्री हस्तान्तरण गरिएको हो । 

प्रकाशित: ५ असार २०७७ १०:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App