२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

असार मसान्तभित्र लाइसेन्स नविकरण गरिसक्नु पर्नै

बीमा समितीमा जानु नपर्नै

जीवन तथा निर्जीवन बीमा कम्पनीको नियामक निकाय बीमा समितिले बीमा अभिकर्ता र सर्भेयरलाई चालु आर्थिक वर्षको असार मसान्तभित्र अुनमति पत्र नविकरण गराउन निर्देशन दिएको छ ।  

सरकारले लकडाउन खुकुलो पारेपछि बीमा कम्पनीका शाखा कार्यालयहरू सञ्चालन आइसकेकाले सम्पूर्ण बिमा अभिकर्ता र सर्भेयरलाई असार मसान्तभित्र अनुमति पत्र नविकरण गर्न निर्देशन दिएको समितीले जनाएको छ ।  

समितिका अनुसार हालसम्म करिब साढे पाँच लाख जनाले बीमा अभिकर्ताको अनुमति पत्र लिएकोमा करिव डेढ लाख जना सक्रिय छन् भने करिब चार सय जना सर्भेयर सक्रिय छन्।  

चैत महिनाभित्र नविकरण गरिसक्नु पर्ने प्रावधान रहेपनि लकडाउनका कारण समितीले पटक पटक मिति सार्दै आएको थियो । बीमा समितिले बिहीबार एक सूचना जारी गर्दै असार मसान्तभित्र अनुमति पत्र नविकरण नगरे पाँच सय रुपैयाँ जरिवाना लाग्ने जनाएको छ ।  

लकडाउनका कारण समितीमा आउन नसक्ने बीमा अभिकर्ता र सर्भेयरको हकमा अनलाइनबाटै नविकरण गर्न सकिने व्यवस्था रहेको समितीले जनाएको छ ।  

समितीका अनुसार उपत्यका बाहिरका अभिकर्ता र सर्भेयरको हकमा नविल बै‌‌कमा रहेको बीमा समितीको खातामा रकम जम्मा गरेको रसिद इमेलमार्फत समितिमा पठाएर नविकरण गर्न सकिनेछ ।  

‘क’ वर्गका सर्भेयरको अनुमित पत्रको शूल्क १२ हजार, ‘ख’ वर्गका सर्भेयरको नौ हजार, ‘ग’ वर्गका सर्भेयरको सात हजार र ‘घ’ वर्गको सर्भेयरको पाँच हजार रुपैयाँ अनुमति पत्र नविकरण शूल्क निर्धारण गरेको समितिले जनाएको छ । 

त्यसैगरी, बीमा अभिकर्ताको अुनमति शूल्क दूई सय रुपैयाँ लाग्ने जनाइएको छ । समितिका अनुसार असोज मसान्तसम्म पनि नविकरण नगरेका बीमा अभिकर्ता र सर्भेयरको अनुमति पत्र रद्द हुनेछ ।

प्रकाशित: ४ असार २०७७ १२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App