१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ब्याज, राजस्व तथा बिमा दरमा छुट माग

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले आगामी बजेटमा पेट्रोलियम व्यवसायीलाई हुनुपर्ने राहत एवं बैंक ब्याजदर, राजस्व तथा बिमा दरमा छुट हुनपर्ने माग राखेका छन्। एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानको अध्यक्षतामा शुक्रबार भिडियो कन्फरेन्समार्फत देशभर उपलब्ध पदाधिकारी तथा स्थानीय संस्थाका अध्यक्षहरुको छलफलमा निगम समक्ष एसोसियएनकातर्फबाट पटकपटक पेस भएका कमिसन वृद्धिलगायत माग कार्यान्वयनका लागि अनुरोधसहित ताकेता भइरहेको जनाएको छ।  

उधारो भुक्तानी नगर्ने कारोबारीलाई स्थानीयस्तरमा नै सबै पेट्रोल पम्पले निर्णय गरी कारोबार बन्द गर्ने विषयमा पनि छलफल भएको एसोसियसनको विज्ञप्तिमा उल्लेख छ। हालको स्थिति र भविष्यमा हुन सक्ने जोखिम तथा संकटबारे भएको छलफलमा उधारो भुक्तानी नगर्ने कारोबारीलाई देशभरकै पेट्रोल पम्पबाट पेट्रोल नदिनेलगायत तत्काल गर्न सकिने उपाय गर्न सबै स्थानीय व्यवसायीलाई अनुरोधसहित जानकारी गराउने विषयमा छलफल भएको जनाएको छ।

प्रकाशित: १० जेष्ठ २०७७ ०३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App