६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

चुलियो महँगी, गत वर्ष चैतको तुलनामा एक तिहाइले बढी

फाइल तस्बिर

चालु आर्थिक वर्षको चैत महिनामा उपभोक्ता मुल्य बृद्धि ६.७४ प्रतिशतले बढेको छ। गत वर्ष चैतको मुल्य वृद्धि ४.४४ प्रतिशत मात्र थियो। यो वर्षको नौ महिना (चैत)सम्मको औषत मुल्यवृद्धि नै ६.५३ प्रतिशत पुगेको छ। राष्ट बैंकका अनुसार चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुल्यवृद्धि ९.६८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ४.४८ प्रतिशत रहेको छ। खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, फलफूल, मसला र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च रहेको हो। गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ।

यस्तै चैतमा सबैभन्दा बढी महंगी काठमाडौं उपत्यकामा ७.१९ प्रतिशत छ भने तराईमा ७.०४ प्रतिशत, पहाडमा ५.८४ प्रतिशत र हिमालमा ४.८३ प्रतिशत रहेको छ। गत वर्ष चैतमा यी क्षेत्रहरुमा क्रमशः ४.७४ प्रतिशत, ३.९५ प्रतिशत, ४.८० प्रतिशत र ६.२० प्रतिशतले महंगी बढेको थियो। चैतमा निर्माण सामग्रीको थोक मूल्य ३.७६ प्रतिशतले घटेको छ।

राष्ट बैंकका अनुसार चैतमा आयात ७.५ प्रतिशतले घटेको छ भने निर्यात १२.९ प्रतिशतले बढेको छ। चालु आवको नौ महिनासम्ममा ७८ अर्ब ८२ करोड बराबरका वस्तु निर्यात भएका छन्। यो गतवर्षभन्दा १२.९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस्तो निर्यात १७.७ प्रतिशतले वृद्धि भएको थियो।

यस्तै चालु आवको नौ महिनामा आयात ७.५ प्रतिशतले घटेको छ। चैतसम्म ९ खर्ब ८२ अर्ब ५३ करोड बराबरका वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २१.३ प्रतिशतले बढेको थियो।

यो अवधिमा नेपालको व्यापार घाटा ८.९ प्रतिशतले घटेर ९ खर्ब ३ अर्ब ७२ करोड कायम भएको छ। गत वर्ष यस्तो घाटा २१.५ प्रतिशतले बढेको थियो। यस्तै निर्यात–आयात अनुपात ८.० प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यो अनुपात ६.६ प्रतिशत थियो।

राष्ट बैंकका अनुसार चैतसम्म मुलुकमा ६ खर्ब २६अर्ब ९० करोड रेमिटेन्स आएको छ। यो गतवर्षभन्दा ४ प्रतिशतले कमी हो। गत वर्ष रेमिटेन्स आय २०.९ प्रतिशतले बढेको थियो।

यस्तै  शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोडले बचतमा छ।  कुल विदेशी विनिमय सञ्चिति ११ खर्ब ५५ अर्ब ९० करोड बराबर छ। यो संचितिले ९.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ।

बैंकका अनुसार संघीय सरकारको बैंकिड कारोबारमा आधारित खर्च ६ खर्ब ३८ अर्ब १ करोड र राजस्व असुली ५ खर्ब ९०अर्ब ७६ करोड छ।  यस्तै विस्तृत मुद्राप्रदाय ८.९ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.७ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ११.५ प्रतिशतले बढेको छ। चालु आवमा आर्थिक वृद्धि २.३ प्रतिशत रहने अनुमान गरिएको छ।

प्रकाशित: ५ जेष्ठ २०७७ ०५:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App