coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सामसङका दुई नयाँ फोन ए७१ र ए५१ ग्यालेक्सी सार्वजनिक

काठमाडौं- सामसङ इलेक्ट्रोनिक्सले आफ्नो ए सिरिज अन्तर्गत हालै ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ सार्वजनिक गरेको छ। आफ्नो ए सिरिजमा अर्थपूर्ण आविष्कारका रुपमा यी फोनहरुलाई कम्पनीले लिएको छ । ग्यालेक्सी ए७१ तथा ए५१ मोबाइलहरुमा विभिन्न विशषताहरु विद्यमान छन्।

यसमा धेरै टिकाऊ हुने व्याट्रि, मानव आँखाले जस्तो देखिन्छ, त्यस्तै फोटो खिच्न सकिने क्यामरा तथा जीवन्त दृश्यावलोकनको लागि इन्फिनिटी ९ओ डिस्प्ले रहेका छन्।

यसमा मेन क्यामरा, अल्ट्रा वाइड, माइक्रो तथा डेप्थ क्यामराहरु विशेष सुविधा रहेका छन्। ग्यालेक्सी ए७१ मा ६४ मेगापिक्सल तथा ग्यालेक्सी ए५१ मा ४८ मेगापिक्सलको क्यामरा राखिएको छ। यसैले गर्दा यी मोबाइल फोनबाट दिनमा वा रातमा खिचिएका फोटोहरु सफा एवं उत्कृष्ट आउने छ।

यसमा भएको अल्ट्रा वाइड क्यामरामा १२३ डिग्रीको एङ्गल लेन्स राखिएको छ, जसले गर्दा मानव आँखाले जस्तो देख्दछ त्यस्तै फोटो खिच्ने क्षमता प्रदान गर्दछ ।

यसमा भएको म्याक्रो क्यामराले कुनै पनि वस्तुको फोटो सम्पूर्ण विवरणसहित खिच्न सक्दछ। साथै डेप्थ क्यामराको लाइभ फोकस इफेक्टको मद्दतले फोटोहरु झन् राम्रो देखिन्छ। ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ मा सुपर एमोल्ड प्लस तथा सुपर एमोल्ड प्लस एज/टु/एज इनफिनिटी/ओ डिस्प्ले रहेको छ।

६.७ इन्च तथा ६.५ इन्चको स्क्रिनले वास्तवमै जीवन्त अनुभूति प्रदान गर्दछ। सासमसङको हालसम्मकै ठूलो स्क्रिनमा आफूलाई मनपरेको भिडियो हेर्नु वा गेम खेल्नुको छुट्टै मज्जा मिल्ने छ।

ग्यालेक्सी ए ७१ तथा ग्यालेक्सी ए ५१ मा क्रमशः ४५०० एमएएच तथा ४००० एमएएचको ब्याट्रि राखिएको छ, जसले गर्दा विना रुकावट दिनभर फोनको प्रयोग गर्न सकिनेछ। साथै २५ वाट तथा १५ वाटको फास्ट चार्जिङ्ग क्षमताले छिटो मोबाइल चार्ज गर्न सकिन्छ।

नेपाली बजारमा ग्यालक्सी ए७१ को मूल्य ४९ हजार ९ सय ९९ रुपैयाँ र ग्यालेक्सी ए५१ को ३८ हजार ३ सय ९९ रुपैयाँ पर्दछ।

 

प्रकाशित: २८ फाल्गुन २०७६ १४:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App