coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ओखलढुंगामा १९ करोड बढी बेरुजु

ओखलढुंगा– ओखलढुंगामा आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आर्थिक वर्ष २०७५/०७६ मा कम बेरुजु देखिएको छ। आर्थिक वर्ष २०७४/०७५ भन्दा आव २०७५/०७६ मा करिब ५ करोडले बेरुजुमा कमि आएको हो।

आव २०७५/०७६ मा जिल्लाका आठवटै स्थानीय तहहरुको १९ करोड ९८ लाख ५४ हजार १ सय ३ रुपैयाँ बेरुजु देखिएको छ। आर्थिक वर्ष २०७४/०७५ मा जिल्लाका आठवटै स्थानीय तहको २४ करोड ९ लाख बेरुजु थियो। महालेखापरीक्षकको कार्यालयको प्रारम्भिक लेखापरीक्षण प्रतिवेदन २०७६ अनुसार सबैभन्दा बढी चम्पादेवी गाउँपालिकाको ४ करोड ६२ लाख १४ हजार ३ सय ८६ रुपैयाँ बेरुजु छ। यसका साथै दोस्रोमा सुनकोशी गाउँपालिकाको ३ करोड ८२ लाख ५६ हजार ९ सय ३० रुपैयाँ महालेखापरीक्षकको कार्यालयले बेरुजु देखाएको छ।

त्यस्तै चिशंखुगढी गाउँपालिकाको २ करोड १४ लाख ६५ हजार ७ सय, खिजिदेम्बा गाउँपालिकाको २ करोड ३२ लाख २० हजार ५ सय ११ रुपैयाँ, मानेभञ्ज्याङ्ग गाउँपालिकाको १ करोड ९४ लाख ६२ हजार ६ सय ९८ रुपैयाँ बेरुजु देखिएको छ। बाँकी रहेका तिन स्थानीय तहहरुमध्ये लिखु गाउँपालिकाको १ करोड ८३ लाख ६४ हजार ४ सय ७५ रुपैयाँ, सिद्धिचरण नगरपालिकाको १ करोड ८१ लाख ६१ हजार ३ सय १९ रुपैयाँ र सबै भन्दा कम १ करोड ४७ लाख ८ हजार ८४ रुपैयाँ मोलुङ्ग गाउँपालिकाको बेरुजु रमक देखिएको छ।

धेरैजसो बेरुजु देखिएको रकमको शीर्षकमा प्रमाण कागजात पेस नगरेको, पेस्की बाँकी, असुल र नियमित गर्नुपर्ने लगायतका छन्। आव २०७४/०७५ लेखापरीक्षण प्रतिवेदन अनुसार लिखु गाउँपालिकाको २ करोड ९१ लाख, सुनकोशी गाउँपालिकाको २ करोड ८५ लाख, सिद्धिचरण नगरपालिकाको २ करोड २९ लाख, चिशंखुगढी गाउँपालिकाको २ करोड ७ लाख, गाउँपालिकाको १ करोड ९० लाख र मोलुङ्ग गाउँपालिकाको १ करोड ५ लाख  बेरुजु देखिएको थियो। आर्थिक कार्यविधि ऐन २०५५को दफा १९ अनुसार ३५ दिनभित्र फछ्र्याैट गरी सम्परीक्षण गर्नुपर्ने व्यवस्था छ।

१२ करोड बढी फछ्र्यौट गर्न बाँकी
आर्थिक वर्ष २०७४/०७५ सम्ममा जिल्लाका आठवटै स्थानीय तहहरुले १२ करोड भन्दा बढी बेरुजु फछ्र्यौट गर्न अझै बाँकी छ। महालेखापरीक्षकको कार्यालयको प्रारम्भिक लेखापरीक्षण प्रतिवेदन २०७६ अनुसार १२ करोड २२ लाख ९० हजार ३ सय ७० रुपैयाँ फछ्र्यौट गर्न बाँकी छ। सबैभन्दा बढी खिजिदेम्बा गाउँपालिकाको ३ करोड ४२ लाख ५२ हजार ५ सय ५७ रुपैयाँ र दोस्रोमा लिखु गाउँपालिकाले २ करोड ४६ लाख ८७ हजार २ सय ३६ रुपैयाँ बेरुजु फछ्र्यौट गर्न अझै बाँकी छ।

त्यस्तै चिशंखुगढी गाउँपालिकाको १ करोड ६३ लाख ८२ हजार १ सय ३० रुपैयाँ, सिद्धिचरण नगरपालिकाको १ करोड २ लाख २७ हजार ५ सय ३५ रुपैयाँ, चम्पादेवी गाउँपालिकाको १ करोड २३ लाख ८८ हजार १ सय ५०, सुनकोशी गाउँपालिकाको ९७ लाख ५ हजार ७ सय ५२, मानेभञ्ज्याङ्ग गाउँपालिकाको ८३ लाख ६७ हजार ९ सय १८ र सबै भन्दा कम मोलुङ्ग गाउँपालिकाले ६२ लाख ७९ हजार ९२ रुपैयाँ बेरुजु रकम फछ्र्यौट गर्न बाँकी छ। फछ्र्यौट गर्न बाँकी रहेको सम्पूर्ण रकम असुल फछ्र्यौट गर्नुपर्ने महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरेको छ।

 

प्रकाशित: ७ फाल्गुन २०७६ ११:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App