चितवन - उद्योग वाणिज्य संघ चितवनका सदस्यले पुरानो मेडिकल कलेजको अस्पताल अन्तर्गतको सेवा लिँदा छुट पाउने भएका छन्। गतवर्षदेखि जारी छुट सुविधा अर्को वर्षका लागि नवीकरण गर्न दुई संस्थाले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
साबिकको समझदारीपत्रमा केही परिमार्जन सहितनयाँ समझदारीपत्रमा हस्ताक्षर भएको जारी विज्ञप्तिमा उल्लेख छ।निजी क्षेत्रको पुरानो र प्रतिष्ठित दाबी गरिएको स्वास्थ्य संस्था पुरानो मेडिकल कलेजको अस्पताल तर्फको सेवामा अब संघका सबै वैध सदस्यले २० प्रतिशत छुट पाउने छन्।
समझदारीपत्रमा अस्पतालका अतिरिक्त निर्देशक डा मनोहर प्रधान र निमित्त निर्देशक डा राजेश यादव तथा संघका तर्फबाट अध्यक्ष सहनलाल प्रधान र स्वास्थ्य विभाग प्रमुख शिरीष पन्तले हस्ताक्षर गरेका थिए।
संघमा शुक्रबार आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै संघका अध्यक्ष प्रधानले गतवर्ष जस्तै यस वर्ष पनि धेरै सदस्यले पुरानो मेडिकल कलेजबाट सहुलियतपूर्ण उपचार सेवालिने विश्वास व्यक्त गरे। देशकै ठूलो आइसियू तथा सुपर स्पेसियालिटी सेवा उपलब्ध रहेको दाबीगर्ने यस अस्पतालमा पहिलादेखि नै स्वास्थ बिमा, कडा रोग, डायलाइसिस सेवा, निःशुल्क डट्स कार्यक्रम, कलेजो तथा मिर्गौला प्रत्यारोपण, ओपन हार्ट सर्जरी सेवा छ।
प्रकाशित: २७ पुस २०७६ ०४:०० आइतबार