११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

पर्यटनमन्त्रीको स्पष्टीकरण: कार्यक्रम रोकिएको छैन

तस्बिरः प्रकाश हुँमागाई/अष्ट्रेलिया

काठमाडौं– भ्रमण वर्ष २०२०को प्रचारका लागि अष्ट्रेलिया पुगेका पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेश भट्टराईले  ‘अष्ट्रेलिया सरकारले प्रचारका कार्यक्रम रोकेको’ भन्ने हल्ला निराधार भएको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा न्यु साउथ वेल्सस्टेटका सभामुखसहितकाे उपस्थितिमा कार्यक्रम आयोजना गरिएको स्पष्ट पारेका छन्।   

‘न्यु साउथ वेल्सस्टेटका सभामुख सहित अस्ट्रेलीयाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधिसहितको उपस्थितिमा भएको कार्यक्रममा उहाँहरुका तर्फबाट शुभकामना मन्तब्य पनि ब्यक्त भएको थियो’ मन्त्री भट्टराईले भनेका छन्, ‘अस्ट्रेलियामा मौन जुलुस मार्फत पर्यटन वर्षको प्रवर्द्धन पनि गरिएको थियो।’

 उनले अस्ट्रेलीयाको सिड्नीमा नेपाली राजदुतावासको आयोजना तथा एनआरएनएलगायतका संघसंस्थाको सहयोगमा नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको पनि जानकारी दिएका छन्। 

उनले काल्पनिक र गलत समाचार सम्प्रेसण गरेर मुलुकको प्रतिस्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो भन्दै प्रश्न समेत गरेका छन्। समाजिक सञ्जाल मार्फत उनले नियत गम्भीर रहेको समते आरोप लगाएका छन्। 

अष्ट्रेलियाको जंगलमा आगोलागी हुँदा ४८ कारोड जनावार मरेको छ। सोही घटनालाई लिएर अष्ट्रेलियालाई विश्वका विभिन्न स्थानबाट समवेदना प्रकट भइरहेका छन्। दुखत् समयमा भ्रमण वर्षको प्रचारको लागि अष्ट्रेलिया गएको भन्दै भट्टराईको सामाजिक सञ्जालमा आलोचना समेत भएको छ।

प्रकाशित: २२ पुस २०७६ ०७:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App