२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

युएईमा पनि भिजिट नेपाल २०२० विशेष कार्यक्रम

नयाँ वर्षको अवशरमा यूएईमा आयोजना गरिएको नेपाल भ्रमण वर्ष बिशेष कार्यक्रममा सहभागी। तस्बिर सौजन्य ः हिराधन चाम्लिङ

खोटाङ – मुलुकभर भ्रमण वर्ष मनाइरहँदा खोटाङ सेवा समाज युएईले पनि प्रवासमा भिजिट नेपाल २०२० विशेष कार्यक्रम गरेको छ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर खोटाङ सेवा समाजले युएइको राजधानी आबुधाबीस्थित मुसफाह फेमिली (साकेला) पार्कमा भिजिट नेपाल २०२० को सफलताका लागि प्रचारात्मक कार्यक्रम गरेको हो।

युएईमा रहेका खोटाङेलाई संगठित गर्दै विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको समाजले नेपाल भ्रमण वर्षको सफलताका लागि शुक्रबार प्रचार–प्रसारका कार्यक्रम गरेको हो। हरेक अंग्रेजी नयाँ वर्षको अवसरमा परिचयात्मक एवं शुभकामना आदानप्रदान गर्दै आएको समाजले यसपटक भने नेपाल भ्रमण वर्ष परेकाले भिजिट नेपाल २०२० विशेष कार्यक्रम गरेको जनाएको छ। कार्यक्रममा सहभागीलाई भिजिट नेपाल २०२० को लोगो तथा खोटाङ सेवा समाज युएइको लोगो अंकित टिसर्ट प्रदर्शन एवं वितरण गरिएको थियो।

यूएईका विभिन्न इमिरेट्सबाट खोटाङे तथा गैर–खोटाङे गरी करिब पाँच सयको सहभागिता रहेको कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय नेपाली समाज युएइका सल्लाहकार एवं नेतृ शुशी पुलामी घर्ती मगरले भिजिट नेपाल २०२० लाई सफल बनाउन हरेक नेपालीको दायित्व भएको उल्लेख गर्दै भ्रमण वर्षलाई सफल बनाउन अशल नागरिककारुपमा आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न सबैलाई आग्रह गरिन्। कार्यक्रममा प्रकाश फियाक लिम्बू, हरिमान तामाङ, प्रकाश गुरुङ लगायतले सम्बोधन गरेका थिए।

खोटाङ सेवा समाज युएईका अध्यक्ष हिमाल गुरुङको सभापतित्वमा भएको कार्यक्रममा डिके किराती, कोपिला राई, रियो चाम्स, सरु सितल राई, नवीन दुमी लगायतका कलाकारले सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए। यस्तै, ‘खोटाङ जिल्ला दिक्तेल बजार’ बोलको गीतमा गरिएको दोहोरी गीत प्रतियोगीतामा शारदा राई, अस्मि तामाङको समुह प्रथम तथा शेखर घिमिरे, नवीन थुलुङ राईको समुह दोश्रो भएका छन्।

म्यूजिकल चेयर प्रतियोगीतामा शारदा राई प्रथम, युना राई दोश्रो र बिपासा सुनुवार तेस्रो तथा हाँडीफोर प्रतियोगीतामा सरु सितल राई प्रथम भएको खोटाङ सेवा समाज यूएईले जनाएको छ। कलाकार सन्जय खालिङ राईको अगुवाईमा सामुहिकरुपमा साकेला सिली प्रस्तुत गरिएको थियो।

कार्यक्रममा किरात राई यायोक्खा शाखा युएईका महासचिव डिके किराती, सुनुवार सेवा समाज शाखा युएईका बिपसा सुनुवार, खोटाङ सेवा समाज कतारका भुपु अध्यक्ष प्रकाश गुरुङ, खोटाङ सेवा समाज युएईका संस्थापक अध्यक्ष बालकुमार राई, विश्वकर्मा समाज युएईका उपाध्यक्ष शङ्कर सुनार, संघीय लोकतान्त्रिक मञ्च लिम्बुवान प्रकाश फियाक लिम्बू, समाजसेवी हरिमान तामाङ, लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २१ पुस २०७६ ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App