६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

साढे पाँच अङ्कले बढ्यो नेप्से

 काठमाडौँ-   आइतबार करिब पाँच अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने साढे पाँच अङ्कले बढेको छ।    
     नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ५.५३ अङ्कले बढेर एक हजार १६७.९५ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ०.०६ विन्दुले बढेर २५३.३३ मा पुगेको छ। नेप्से बढेसँगै कारोवार रकममा वृद्धि भएको छ। कूल १७७ कम्पनीको १४ लाख ९१ हजार ४४ कित्ता शेयर रु ६२ करोड २३ लाख ६३ हजार ४८८ मूल्यमा खरिद–बिक्री भए।    
    नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर बढेको छ। बैंकिङ २.२, विकास बैंक १.३५, जलविद्युत् ५.१६ र वित्त २.३६ विन्दुले घटेको छ। यस्तै व्यापार १५.१६, होटल ६.९५, निर्जीवन बीमा ६१.९१, उत्पादन ५९.८९, अन्य ६.५३, लघुवित्त ३.७५, जीवन बीमा २५६.५३ र सामूहिक लगानी कोष ०.१३ विन्दुले बढेको छ।    
     नेप्सेका अनुसार आज नेपाल लाइफ इन्सुरेन्स कम्पनीका सबैभन्दा बढी कारोवार भएको छ। सो कम्पनीको रु १० करोड ६ लाख २१ हजार ४४० बराबरको कारोवार भएको छ। शिवम् सिमेन्ट रु पाँच करोड एक लाख ६८ हजार ४८, एबीएल डिबेन्चर रु चार करोड ८७ लाख ५० हजार, एनएमबी बैंक रु दुई करोड ५४ लाख १० हजार ३७० र साल्ट ट्रेडिङ कर्पोरेशनको रु दुई करोड ४६ लाख ६५ हजार ९५२ बराबरको कारोवार भई शीर्षस्थानमा रहे ।    
     नेप्सेका अनुसार शिवम् सिमेन्टका लगानीकर्ताले ५.६७, स्वदेशी लघुवित्त वित्तीय संस्था ५.३०, एशियन लाइफ इन्सुरेन्स ५.२९, लाइफ इन्सुरेन्स कम्पनी ५.२६, हिमालयन डिस्टिलरी ४.९४ र नेपाल लाइफ इन्सुरेन्स कम्पनीका शेयरधनीले ४.५९ प्रतिशतले कमाए।     
     यस्तै, माउन्टेन हाइड्रो ५.५५, जोशी हाइड्रो पावर ४.७६, नेपाल सेवा लघुवित्त ३.६१, सिन्धु विकास बैंक २.९६ र गुर्खाज फाइनान्सका लगानीकर्ताले २.६५ प्रतिशतले गुमाए। रासस   
 

प्रकाशित: १४ पुस २०७६ ११:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App