काठमाडौं– भृकुटीमण्डपमा सोमबारदेखि भौचर मेला सुरु भएको छ।
व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाले भौचरमा आधारित तालिम मेला आयोजना गरेको हो। परियोजनाका उपनिर्देशक सुदर्शन मरहठ्ठाले आर्थिक वर्ष २०७६/०७७ मा ७ हजार ५ सय जनालाई तालिम दिई रोजगारी उपलब्ध गराउने योजना अनुरुप भौचरमा आधारित तालिम मेलाको आयोजना गरिएको बताए।
मेलामा ५८ वटा तालिम प्रदायक संस्थाहरुका स्टल रहेको छ। उनीहरु १० हजार ९ सय ४१ जना सहभागीहरु छनौट भएका हुन्। उनका अनुसार उक्त स्टलमा विभिन्न तालिमको व्यवस्था गरिएको छ।
तालिमपछि रोजगारीको अवसर पाउनुका साथै आफै समेत व्यवसाय गर्न सकने आयेजनको दाबी छ। मेला मंगलबारसम्म सञ्चालन हुनेछ।
प्रकाशित: ७ पुस २०७६ ०७:३९ सोमबार