१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

१२ वर्षपछि बन्यो कुलेखानी तेस्रो

काठमाडौं – १४ मेगावाटको जलायशयुक्त कुलेखानी तेस्रो जलविद्युत्आयोजना निर्माण थालेको १२ वर्षपछि दोब्बर लागतमा तयार भएको छ ।

२०६४ सालमादुई अर्ब ४३ करोड अनुमानित लागतमा तीन वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । सरकारी निकाय र ठेकेदार कम्पनीको लापारवाहीले उक्त आयोजना १२ वर्षपछि सुरुको अनुमानभन्दा दोब्बर लागतमा तयार भएको छ ।

आयोजना सम्पन्न हुँदा चार वर्ष ४३ करोड रुपैयाँखर्च भएको छ । कुलेखानी तेस्रो जलविद्युत् आयोजनाका प्रमुख सुभाषकुमार मिश्रले तोकिएको समयमा निर्माण सम्पन्नन हुँदा आयोजनाको लागत दोब्बर भएको बताए ।

‘२०६४ सालमानिर्माण सुरु गरिएको आयोजना २०७६ मा सम्पन्नहुँदालागत वृद्धि हुने नै भयो,’ उनले भने,‘आयोजना एउटा कारणले मात्रै होइन, विविधकारणले समयमै बन्ननसकेकोहो ।’ आयोजना प्रमुख मिश्रले अहिले अन्तिम परीक्षण प्रसारणको काम भइरहेको बताए ।

‘गतअसोजदेखि आयोजनाको परीक्षण प्रसारण भइरहेको छ,’ उनले भने,‘अहिले १२.८ मेगावाटदेखि १३ मेगावाटसम्म बिजुली उत्पादन भइरहेको छ ।’उनकाअनुसार केही प्राविधिककाम एक महिनाभित्रै सकेर आयोजना हस्तान्तरण गर्ने तयारी छ । 

आयोजनाको हाइड्रो तथा इलेक्ट्रोमेकानिकको ठेक्कापाएको ठेकेदार कम्पनीझेजियाङ जिनलुनले एक महिनाभित्रै आयोजना हस्तान्तरण गर्ने छ । ‘ठेकेदार कम्पनीले एक महिनाभित्रै आवश्यक सम्पूर्ण परीक्षण सकेर हस्तान्तरण गर्ने कार्यक्रम तय गरेको छ,’ उनले भने,‘कुनै प्राविधिक कमजोरी नदेखिएको खण्डमा एक महिनाभित्रै हस्तान्तरण हुनेछ ।’

आयोजनाकाअनुसार अहिले उत्पादनभएको बिजुलीपाँच सय मिटर प्रसारणलाइनबाट राष्ट्रिय ग्रिडमा जोडिएको छ । कुलेखानी तेस्रोमा दुईवटा युनिट छन् । दुवै युनिटको क्षमता७–७ मेगावाट बिजुली उत्पादन गर्ने रहेको छ । यसबाट उत्पादित बिजुली काठमाडौं–हेटौंडाको १३२ केभी प्रसारण लाइनमा जडान गरिएको छ । 

प्रकाशित: १५ मंसिर २०७६ ०६:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App