५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

चिलिमेले २५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं– चिलिमे जलविद्युत कम्पनीले २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बुधबार बसेको कम्पनीको २३ औं वार्षिक साधारणसभाले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिकाे प्रस्ताव पारित गरेको हो।

चार अर्ब ७५ करोड ८१ लाख रुपैयाँ बराबरको पूँजी रहेको चिलिमेको बोनस शेयर वितरण पश्चात चुक्ता पूँजी ५ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ। साधारणसभामा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक तथा चिलिमे जलविद्युत कम्पनीका अध्यक्ष कुलमान घिसिङले चिलिमेले तुलनात्मक रुपमा विगतमा भन्दा लाभांश बढाउँदै गएको बताए। उनले चिलिमे अन्तर्गतका अन्य आयोजनाहरुको निर्माण कार्य सम्पन्न हुने अवस्थामा रहेको बताउँदै केही वर्षपछि लाभांश वितरण गर्ने क्षमता बढ्नेसमेत बताए।

घिसिङले चिलिमे अन्तर्गतका निर्माणाधिन आयोजनाहरुको निर्माणकार्य ५० देखि ८५ प्रतिशत सम्म सम्पन्न भएको जानकारीसमेत गराए। चिलिमे अन्तर्गत सान्जेन तथा माथिल्लो सान्जेन जलविद्युत आयोजना, मध्य भोटेकोशी जलविद्युत आयोजना र रसुवागढी जलविद्युत आयोजना निर्माणधिन अवस्थामा रहका छन्। 

प्रकाशित: ११ मंसिर २०७६ ०९:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App