७ वैशाख २०८१ शुक्रबार
अर्थ

बिचौलियासँग किन्दै खाद्य

धनगढी – किसानले धान बेचेको एक–डेढ महिनापछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (साबिकको खाद्य संस्थान)ले धान खरिद सुरु गरेको छ। धान किन्न खाद्य एक सातादेखि कैलालीमा काँटा लगाएर बसेको छ।

‘किसानले लगभग सबै धान बिक्री गरि सकेपछि खाद्यले खरिद गर्न सुरु गरेको छ,’ टीकापुरका किसान समेत रहेका राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रेम कुँवरले भने,‘सबैतिर माफियाकरणले समस्या भयो, धान खरिदमा हजारौं किसान लुटिँदा पनि कोही बोलेका छैनन्।’

उनकाअनुसार किसानले यसवर्ष प्रतिक्विन्टल ६–७ सय रुपैयाँसम्म सस्तो धान बेचिसकेका छन्। ‘सरकारले तोकेको समर्थन मूल्य किसानले नपाउनु दुखद हो,’ उनले भने।

सानाकिसानले अत्यावश्यक खर्च जुटाउन कात्तिकभित्रै सस्तो मूल्यमा धान बेचि सकेका छन्। व्यापारी र बिचौलियाले सरकारले तोकेको समर्थन मूल्यभन्दा २५–३० प्रतिशत सस्तोमा किसानको धान किनिसकेका छन्।यिनै बिचौलियाले खाद्यलाई सरकारले तोकेको मूल्यमा बेच्छन्।

किसानले सस्तो मूल्यमा सबै धान बेचि सकेपछि एक साताअघि कैलालीकापाँच ठाउँमा खाद्यले काँटा राखेर धान किन्न थालेको हो। सत्ती, टीकापुर, भजनी, जोशीपुर र मोहनपुरबाट खाद्यले खरिद गरिरहेको छ। किसानले सस्तोमाधान बेचिसकेपछि खाद्यले महँगोमा बिचौलियाबाट धानकिनिरहेको भन्दै किसानले दुखेसो पोकेका छन्।

‘सबै किसानले सस्तोमा व्यापारीलाई धान बेचिसकेका छन्। किसानले धान बेचेपछि खाद्यले किन्दैछ,’टीकापुर–१ का किसान तपेन्द्र रावलले भने,‘किसानले धान बेचिसके, खाद्यले कोटा पु¥याउन बिचौलियाबाट किनिरहेको छ।’

खाद्यले मोटो चामल बिचौलियाबाट प्रतिक्विन्टल २५ सय ३२ रुपैयाँका दरले खरिद गरिरहे पनिआफूले धेरै सस्तोमा बेच्नु परेको उनको भनाइ छ। ‘किसानले १९ सयदेखि २२ सय रुपैयाँ सम्म मात्र पाएका छन्,’उनले भने, ‘कमिसनको चलखेलमाहामीकिसान ठगिएका छौं।’

यसैगरी, भजनी–२ काकिसान हरिराम चौधरीले आफूले लागतपनि नउठ्ने गरी गल्ला व्यापारीलाई सस्तोमा धान बेचेको गुनासो गरे। गहुँखेतीगर्न मलखाद, सिँचाइ, बिउ–बिजनका लागि खर्च चाहिने भएकाले खाद्यले खरिद गर्ने बेलासम्म कुरेर बस्न सक्ने अवस्थामाकिसाननरहेको उनी बताउँछन्।

‘किसानका धान बेचिसकेपछि खाद्यले गाउँमा काँटा राखेर धानखरिद गरिरहेको छ,’उनले भने, ‘किसानसँग किनेकाले नै महँगोमा खाद्यलाई बेचिरहेकाछन्।’व्यवसायीलेअसोज सुरुदेखि नै विभिन्नगाउँमागएर अस्थायी गोदामबनाईकिसानसँगधानकिन्ने गर्छन्।

खाद्यका धनगढी प्रमुख अनिलकुमार श्रेष्ठले पोहोर भन्दा छिटो धान किन्न सुरु गरेको दाबी गरे। छिटो बिक्री गर्ने किसान मूल्यमा ठगिएको उनले स्वीकारे।‘साहु–महाजन प्रथा कायमै रहेकाले किसानले ऋण लिएका व्यापारीलाई बेच्छन्,’उनले भने,‘छिटो बिक्री गरेका किसान मर्कामा परे।’किसानले खेतबाटै बिक्रीगर्ने धान गुणस्तरीय पनि नहुने उनको तर्क छ।

सबैकिसानले बेचेपछि व्यापारीसँग धान किनेको विषयमा सोध्दा उनले भने,‘हामीले किसानबाटै धानखरिद गरिरहेका छौं। किसानले समर्थन मूल्यमा बेच्न नपाउने, खाद्यले ढिलो खरिद गर्ने कुरा उठ्ने गरेकाले यस वर्ष छिटो खरिद सुरु गर्न कोसिस गरेकाहौं।’

खाद्यले समयमै काँटा नलगाउँदा व्यापारीले किसानको लाखौं मेट्रिक टन धान सरकारले तोकेभन्दा निकै सस्तोमा किन्ने मौका पाए। व्यापारी र खाद्यका कर्मचारीको मिलेमतो रहने विषय बर्सेनि उठ्ने गरेको र यसमा सुधार हुनुपर्ने आफ्नो मान्यता रहेको उनले बताए।
उनका अनुसार ५० हजार क्विन्टल धान किन्ने खाद्यको लक्ष्य छ।

धान काटिसके पछि खेतमा मल हाल्न, सिँचाइ गर्न र बिउ बिजन किन्न किसानलाई पैसा चाहिने भएकाले उनीहरु भण्डारण गरेर पर्खिन सक्दैनन्। धान बेचेको रकमले अर्को खेतीको तयारीमा जुट्छन्। ‘तत्कालको खाँचो टार्न सस्तोमा बेच्नुको विकल्प हामीसँगहुँदैन,’ स्थानीयकिसान रामनरेश चौधरी भन्छन्, ‘सस्तोमा बेच्दा लागतपनि उठ्दैन।’

सुदूरपश्चिम प्रदेशमा एक लाख ७६ हजार हेक्टरमा ६ लाख मेट्रिक टनभन्दा बढी धानउत्पादन हुन्छ। कैलालीमामात्रै चार लाख टनभन्दा बढी उत्पादन हुन्छ। किसानले करिब आधा धानबेच्छन्।
यसवर्ष सरकारले मोटो धानको २५ सय ३२ रुपैयाँ ८० पैसा र मसिनोको २६ सय ७३ रुपैयाँ समर्थन मूल्यतोेकेको छ।

कृषिविकास निर्देशनालयका प्रमुख यज्ञराजजोशीे सरकारले तोकेको समर्थन मूल्यमै धान खरिद–बिक्रीहुनुपर्ने बताउँछन्।

प्रकाशित: १० मंसिर २०७६ ०२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App