६ वैशाख २०८१ बिहीबार
अर्थ

दसैंमा तरकारीको मुल्य ह्वात्तै बढ्यो

फाइल तस्बिर

काठमाडौं - दसैंमा तरकारीको मूल्य पनि ह्वात्तै बढेको उपभोक्ताहरुले गुनासो गरेका छन। अष्टमीको दिन काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा पुगेका उपभोक्ताहरुले तरकारीको मूल्य पनि ह्वात्तै बढेको प्रतिक्रिया दिएका हुन। दसैंमा आवागमन ठप्प भएपछि व्यापारीहरुले काठमाडौंमा तरकारीको मूल्य ह्वात्तै बढाएको पाइएको छ। दसैंमा आवागमनको काम ठप्प भएपछि तरकारीको मूल्य ह्वात्तै बढन गएको पनि उपभोक्ताहरुको भनाई छ।

कालीमाटी तरकारी होलसेल बजारमा लसुनको प्रतिकेजी १२० रुपैयाँ मूल्य रहेको छ। बाहिर अन्य पसलहरुमा लसुनको मूल्य व्यापारीहरुले प्रतिकेजी १६० सम्म पु¥याएका छन। त्यसैगरी अदुवाको मूल्य पनि प्रतिकेजी २४० रुपैयाँ पु¥याइएको छ। कालीमाटी खोलसेल बजारमा खोर्सानी प्रतिकेजी ३८० रुपैयाँमा विक्री गरिएको छ भने यसलाई बजारमा ४०० रुपैयाँसम्ममा विक्री गरिएको छ। विशेष गरी दसैंमा सवारी साधान नचलेपछि तरकारीको आपूर्तिमा पनि कमी आएको छ।

यता, सरकारले बजार अनुगमनको काममा उपस्थिति देखाउन नसक्दा पनि तरकारी, फलफूलसहित दसैंका लागि उपभोक्तालाई अतिआवश्यक पर्ने बस्तुहरुको मूल्य ह्वात्तै बढाइएको हो। बस्तुको मूल्य ह्वात्तै बढ्दा यस वर्षको दसैंमा मारमा पार्नु परेको आम उपभोक्ताको गुनासो छ।

प्रकाशित: १९ आश्विन २०७६ ०९:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App