५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

आर्थिक वृद्धिदर ६.३ प्रतिशत : एडिबी

काठमाडौं – नेपालको विकास साझेदार एसियाली विकास बैंक (एडिबी) ले नेपालकोआर्थिक वृद्धिदर ६.३ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

एडिबीले शुक्रबार सार्वजनिक गरेको ‘नेपाल म्याक्रो इकोनोमिक अपडेट’ अनुसार चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्र ६.३ प्रतिशतले बढ्ने अनुमान गरिएको हो  । चालु बजेटमार्फत सरकारले साढे आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको थियो ।

एडिबीले सार्वजनिक खर्चको सही परिचालन, संघीय इकाइहरुको खर्च सुधार तथा निजी क्षेत्रमा भएको लगानी विस्तारले अर्थतन्त्र अझै विस्तार हुन सक्ने बताएको छ ।

बाढीपहिरोका कारण धान बालीमा क्षति पुगेकाले कृषि क्षेत्रको वृद्धिदर केही सुस्त हुने उसले जनाएको छ । तर, उद्योग क्षेत्रमा हुने ७.९ प्रतिशत, बिजुली आपूर्तिमा हुने सुधारले पूर्वाधारमा फड्को मार्ने बैंकले अनुमान गरेको छ । बैंकले होलसेल तथा रिटेल, वित्तीय मध्यस्थता र पर्यटन क्षेत्रको वृद्धिदर पनि बढ्ने प्रक्षेपण गरेको छ । एडिबीले मूल्य वृद्धि ५.५ प्रतिशत पुग्ने बताएको छ ।

 

प्रकाशित: १२ आश्विन २०७६ ०२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App