काठमाडौं – राजस्व अनुसन्धान विभागले नेपाल पान मसला उद्योगका प्रोप्राइटर कुतबुद्दिन शेषविरुद्ध राजस्व चुहावट गरेको अभियोगमा मुद्धा दायर गरेको छ।
विभागले शेषलाई सात करोड ५२ लाख बिगो कायम गरी बाँके जिल्ला अदालतमा सोमबार मुद्दा दायर गरेको हो। नेपालगन्ज उपमहानगरपालिका–१ खजुरा रोडमा उनको उद्योग छ।
विभागका अनुसार शेषले कानून बमोजिम अन्तःशुल्क स्टिकर टाँस नगरिएको तथा पछिल्ला तीन आर्थिक वर्षको खरिद खाता, बिक्री खाता, उत्पादन खाता, अन्तःशुल्क स्टिकरको विवरण, बैंक स्टेटमेन्टलगायत विवरणमा हिनामिना गरेको फेला परेका कारण मुद्धा दायर गरिएको हो।
प्रकाशित: २४ भाद्र २०७६ ०१:४० मंगलबार