काठमाडौँ – नेपाल राष्ट्र बैंकले ८ अर्ब ६५ करोड ५० लाख बराबरको ट्रेजरी बिल बिक्री गर्दै छ। राष्ट्र बैंकले सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो। बैंकले बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमध्ये ३ अर्ब १३ करोड ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको छ।
उक्त परिमाणको ट्रेजरी बिल आगामी मङ्सिर १७ गते परिपक्व हुने छ।यस्तै ५ अर्ब ५२ करोड बराबरको ट्रेजरी बिल भने १ सय ८२ दिनमा परिपक्व हुने छ।यसअघि बैंकले यही भदौ ९ गते पनि ट्रेजरी बिल बिक्री गरेको हो। रासस
प्रकाशित: १५ भाद्र २०७६ १३:४६ आइतबार