१ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

सबै जिल्लामा विद्युत् पुर्याउने योजनामा कुलमान

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चुहावटलाई न्यूनीकरण गर्दै विद्युतिकरणको महाअभियानमा लागिरहने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्राधिकरणको ३४ औ बार्षिकोत्सवका अवसरमा आइतबार राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्राधिकरणले टार्गेट पुरा गर्दै गएकाले आगामी बर्षमा हरेक चुनौतीको सामना गर्दे जाने विश्वास पनि व्यक्त गरे। उनले चालू आर्थिक बर्षमा ४० वटा जिल्लालाई पूर्ण विद्युतीकरण गराउनुको साथै आगामी ४ बर्षमा सबै जिल्लामा विद्युत्को पहुँच पुर्याउने प्राधिकरणको लक्ष्य चुनौतीपूर्ण रहे पनि सबैको सहयोग र सहकार्यमा सम्भव गराउन सकिने विश्वास व्यक्त गरे।

सरकारी लक्ष्य पुरा गर्न प्राधिकरणको प्रणाली र नवीकरणीय ऊर्जाका स्रोतबाट विद्युतीकरण गर्न लागिएको पनि उनले स्पष्ट पारे। गत आर्थिक बर्षमा टार्गेट गरे भन्दा बढी मुनाफा कमाएको भन्दै उनले चालु आर्थिक बर्षमा ८ अर्ब माथि मुनाफा कमाउने दाबी गरे।  

प्रकाशित: १ भाद्र २०७६ १६:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App