१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पोल्ट्री महासंघलाई ‘एनालाइजर’

बनेपा – पशुपक्षीको पोषण क्षेत्रमा अग्रणी कम्पनी इडब्ल्यु न्युट्रिसन जर्मनीले नेपाल पोल्ट्री महासंघलाई एक सेट ‘चार्म इजेड–एम’ फिड एनालाइजर मेसिन प्रदान गरेको छ।

इडब्ल्यु न्युट्रिसन भारतका प्रबन्धक किंगसुक चक्रवर्तीले महासंघका अध्यक्ष गुणचन्द्र बिष्टलाई एनालाइजरसहित आवश्यक सफ्टवेयर र अन्य उपकरणसमेत हस्तारन्तरण गरेका छन्।

‘हाम्रो कम्पनीले गुणस्तरीय दाना उत्पादनमा जोड दिँदै आएकाले यसका लागि कच्चा सामग्रीको अवस्था थाहा हुनुपर्छ। त्यही भएर नेपालस्थित हाम्रो वितरक कान्तिपुर भेट डिस्ट्रिब्युटरको सहकार्यमा महासंघलाई एनालाइजर एक सेट उपलब्ध गराएका हौं। यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो,’ उनले भने।

पछिल्ला वर्षहरुमा कुखुरा दाना उत्पादनमा प्रयोग हुने कच्चा सामग्रीमा हुने माइकोटक्सिनलगायत ढुशीजन्य समस्याका कारण दानाको गुणस्तरमा ह्रास आउने र कुखुरामा पनि समस्या देखिएकाले यस्तो एनालाइजरको आवश्यकता महसुस हुँदै आइरहेको थियो।

संसारका ९० भन्दा बढी देशमा उपस्थिति जनाइसकेको कम्पनीको उत्पादन तथा अनुसन्धान र विकास (आरएन्डडी) ब्राजिल, जापान, जर्मनी र अमेरिकामा रहेको छ। पछिल्लो समय कम्पनीले कुखुराको दानामा एन्टी–बायोटिक्सको प्रयोग घटाउनका लागि वैकल्पिक उत्पादनसमेत गर्दै आएको छ।

प्रकाशित: १४ श्रावण २०७६ ०३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App