२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अधिकारीलाई काल्र्सबर्ग फाउन्डेसनको वाइजिपी छात्रवृत्ति

काठमाडौं – काल्र्सबर्ग फाउन्डेसनले योङ ग्लोबल पायोनियर्स छात्रवृत्ति प्रायोजन गर्दैछ। विश्वभरिका युवालाई लर्निङ जर्नी आयोजना गर्न प्रायोजन गरिएको छात्रवृत्तिमा इन्जिनियरिङका विद्यार्थी सारस अधिकारीलाई नेपालबाट छानिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विश्वभरिका हजारौं सहभागीमध्ये छानिएका सारसलाई नेपाली हस्तकला प्रवद्र्धन गर्नेे प्रभावकारी व्यवसायको सोचको लागि गोर्खा बु्रअरीले अभिनन्दन गरेको जनाइएको छ।

१६ देशका २२ युवालाई एकसाथ राखेर उनीहरुको विचार एक–आपसमा बाँड्न पे्ररित गर्ने कार्यक्रम वाइजिपी २०१९ लर्निङ जर्नी युवाको विश्वव्यापी कार्यक्रम भएको कम्पनीले जनाएको छ।

सहभागीले तीन हप्ताको यात्राको लागि तान्जानियामा स्थानीय सहभागीसँग भेट्न, विश्वविद्यालय एवं बिजनेस हाउस भ्रमण गर्न र युवा इलिट उद्यमीसँग भेटेर अनुभव आदानप्रदानको मौका पाउने उल्लेख छ।

योङ ग्लोबल पायोनियर्सका एउटा गैरमुनाफा संस्था रहेको र यसलाई काल्र्सबर्ग फाउन्डेसनले विविध ग्लोबल ट्यालेन्ट नेटवर्क निर्माणको लागि प्रायोजन गर्ने गरेको जनाइएको छ।

प्रकाशित: १० श्रावण २०७६ ०४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App