६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

अन्तिम दिन नेप्से २.३७ बिन्दुले घट्यो

काठमाडौं – साताको सुरुदेखि चार दिनसम्म लगातार बढेको सेयर कारोबार अन्तिम दिन सामान्य बिन्दुले घटेको छ। बुधबार सेयर बजार परिसूचक नेप्से १५.८५ बिन्दुले बढेकामा बिहीबार २.३७ ले घटेको हो।

साताको सुरुको दिन आइतबार ०.९५ , सोमबार ५.०८ र मंगलबार ४.४५ बिन्दुले नेप्से बढेको थियो। बुधबारसहित यो साता नेप्से साढे २६ बिन्दुले बढेको थियो। बिहीबार सामान्य गिरावट आएकाले साताभरमा नेप्सेको बढोत्तरी करिब २४ बिन्दु मात्र कायम रह्यो। अहिले नेप्से परिसूचक १२७२.४९ बिन्दुमा पुगेको छ। अहिलेसम्म नेप्से १९ सय बिन्दु नजिक पुगेको थियो। नेप्सेसँगै सेन्सेटिभ सूचक पनि ०.२७ बिन्दुले घटेको छ।

स्टक एक्सचेन्जका अनुसार विहान ११ बजे बजार खुल्दा लगानीकर्तामा सेयर खरिद गर्ने खासै चासो देखिएन। समय क्रमशः बढ्दै जाँदा बजार पनि विस्तारै बढ्दै गएको हो। बजार खुलेको दुई घन्टामा नेप्से बढेर १२७४ बाट १२८३ बिन्दुमा पुगेको थियो। यो बढोत्तरी बजार बन्द हुँदासम्म भने कायम रहेन। बजार जसरी बढ्दै आएको थियो त्यसैगरी अन्त्य हुँदा नेप्से १२७२ मा आइपुगेको हो। 

एक्सचेन्जका अनुसार नेप्से घटे पनि कारोबार रकम भने त्यही अनुसार घटेको छैन। यो दिन ४१ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै, १२ लाख ५० हजार सात सय आठवटा सेयर बिक्री भए। एक सय ५८ कम्पनीका सेयर खरिदबिक्री हुन चार हजार तीन सय ७१ पटक कारोबार भएको थियो।

यस दिन फाइनान्स, उत्पादनमूलक र माइक्रोफाइनान्स बाहेक अन्य सबै समूहको सूचक घटेका छन्। जीवन बिमा र होटल समूहका सूचक मात्र बढेका छन्।

बिहीबार नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ भने धेरै गुमाउनेमा मेरो माइक्रोफाइनान्स वित्तीय संस्था रहेको छ।

प्रकाशित: ३ श्रावण २०७६ ०४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App