१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

खरको छानोमुक्त गाउँपालिका बनाउन बजेट विनियोजन

मकवानपुर – मकवानपुरगढी गाउँपालिकाले खरको छानोमुक्त गाउँपालिकाको रुपमा विकास गर्नका लागि बजेटमा रकम विनियोजन गरेको छ। गाउँपालिकाले प्रस्तुत गरेको आगामी आव ०७६/७७ को कुल ४९ करोड ९० लाख रुपैयाँको बजेटमध्येबाट तीनवटा वडाका घर खरको छानोमुक्त बनाउने गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले बताए।

गाउँगाउँमा वृद्धि भएको घरेलु मदिरा निषेधित गर्न घरेलु मदिरा उत्पादन गर्ने पेसामा लागेका महिलालाई वैकल्पिक पेसामा सहयोग गर्ने कार्यक्रम पनि ल्याएको छ। गाउँपालिकाका नागरिकलाई स्वरोजगार बनाउन दुइटा गाईपालनमा सहयोग गर्ने पनि उनले बताए। दुई गाई वा पाँचवटा बाख्रापालनमा सहकारीमार्फत सहयोग गर्ने व्यवस्था गरिएको अध्यक्ष हुमागाईले बताए। आगामी आवका लागि बजेटमा कृषि, पूर्बाधार, सिँचाइलगायत क्षेत्रमा गाउँपालिकाले बजेटमा जोड दिएको छ।

गढी गाउँपालिकाले प्राथमिक तहका ४० वटा सामुदायिक बिद्यालयमा दिवा खाजाका लागि बजेट ल्याएको छ। कुनै पनि बालबालिका बिद्यालयको शिक्षाबाट बन्चित नहोस् भन्ने उदेश्यले दिवा खाजाको ब्यवस्था गाउँपालिकाले बजेट विनियोजन गरेको छ। चालु आर्थिक बर्षमा केही बिद्यालयमा गरिएको यो कार्यक्रमलाई थप बिद्यालयमा पनि थप्न लागिएको हो।

त्यसैगरी किसानलाई प्रतिलिटर दुधमा ५० पैसा अनुदान दिने कार्यक्रम पनि ल्याईएको छ। बिपन्न बर्ग, दलित, गरिब परिवारलाई ‘एक घर एक टनेल’ कार्यक्रम पनि ल्याइएको अध्यक्ष हुमागाईले बताए। स्वास्थ्य उपचारमा सुधार ल्याउने उदेश्यले बिशेषज्ञ डाक्टरसहितको उपचार सेवा दिने गाउँपालिकाले बजेट छुट्याएर तयारी गरिएको उनले बताए।

उत्तरी  मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि ७१ करोड ४१ लाख ७१ हजार रुपैंयाको बजेट ल्याएको छ। जसमध्ये चालुतर्फ ६ करोड ८५ लाख ६८ हजार र पुँजीगततर्फ ३५ करोड ३६ लाख ६२ हजार बजेट विनियोजन गरिएको छ। पाँचौं नगरसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपप्रमुख खड्ग गोपालीले बजेटमा कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिईएको बताए।

प्रकाशित: ११ असार २०७६ ०२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App