काठमाडौं – महिन्द्राको विद्युतीय सवारी साधनका लागि नेपालको अधिकृत वितरक अग्नि इनर्जीले कुपन्डोलस्थित सर्भिस सेन्टरमा आयोजना गरेको तीनदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ।
विश्व वातावरण दिवसको अवसर पारेर गरेकोे क्याम्पमा एक सय जति गाडीको निःशुल्क सर्भिसिङ गराएको विज्ञप्तिमा जनाइएको छ। दक्ष प्राविधिकद्वारा परीक्षण गर्दै सक्कली पार्टपुर्जा तथा गुणस्तरीय सेवा उपलब्ध गराएको कम्पनीले जनाएको छ।
प्रकाशित: २७ जेष्ठ २०७६ ०४:४५ सोमबार