१६ चैत्र २०८० शुक्रबार
अर्थ

नेपालमा लगानी गर्ने अवसर नगुमाउनुस् : अर्थमन्त्री खतिवडा

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानी गर्न भारतीय निजी क्षेत्रलाई पुनः आह्वान गरेका छन्। अर्थमन्त्री खतिवडाले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बन्न गएको दावी गर्दै त्यो अवसर नगुमाउन पनि वैदेशिक लगानीकर्ताहरुलाई आग्रह गरे।

नेपाल–भारत लगानी प्रर्दशनी तथा सम्मेलन’ को दोस्रो दिन बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको समृद्धिका लागि सरकारले वैदेशिक लगानी र प्रविधि भित्र्याउन जोड दिएको भनाई राखे। अर्थमन्त्री खतिवडाले नेपालको आर्थिक विकासमा भारतीय युवा उद्यमीहरुको अनुभव उपयोगी हुने विश्वास पनि व्यक्त गरे।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले दुई मुलुकबीचको व्यापार क्षेत्रको विस्तारका लागि सो सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरे। उनले भारतको ब्रान्डेड बस्तुहरुको अनुभव लिएर नेपालले पनि ब्रान्डेड बस्तुहरु उत्पादनमा जोड दिन सक्ने पनि स्मरण गराए।

नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय दूतावास र ईन्डियन फ्रेन्जाइज कम्पनीको संयुक्त आयोजनामा आयोजना गरिएको सो सम्मेलनमा ६० वटा भन्दा बढि ब्रान्डेड कम्पनीका उद्यमीहरु सहभागी भएका छन्।

प्रकाशित: २ जेष्ठ २०७६ ११:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App