२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भदौ अन्तिम साता फर्निचर तथा फर्निसिङ एक्स्पो

काठमाडौं – फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स’ आगामी भदौ अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघले पाँच दिनसम्म एक्स्पो सञ्चालन गर्ने जनाएको हो।

संघको आयोजनामा विगत ६ वर्षदेखि फर्निचर तथा फर्निसिङ एक्स्पो हुँदै आएको छ। सातौं संस्करणको एक्स्पो आगामी भदौ २५ देखि २९ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको हो। बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने बताइएको छ। किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण हुने आयोजकले बताएको छ। कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकले जनाएको छ।

मौलिकतथा परम्पराग तफर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनबारे जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने संघका अध्यक्ष रुपेश प्रधानले बताए। नेपाली उत्पादनलाई प्राथमिकतामा राखिदिन आम उपभोक्तालाई आग्रह गर्दै उनले नेपाल फर्निचरमा आत्मनिर्भर हुने बाटोमा अघि बढेको बताए। प्रदर्शनीमा फर्निचरको प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने मेलाका संयोजक मनिष अग्रवालले बताए। यसका अलावा फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भिœयाउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पु¥याउने अपेक्षा गरिएको अग्रवालको भनाइ थियो।

एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गर्नेेछ। उक्त कम्पनीका प्रबन्ध निर्देशक विजयसागर प्रधानले फरक शैलीमा एक्स्पोको सातौं संस्करण आयोजना हुन लागेको बताए। फर्निचर क्षेत्रको प्रविधि अवलोकनकर्ताको मुख्य आकर्षण बन्न सक्ने उनको भनाइ छ। एक्स्पोमा स्वदेशी तथा विदेशी गरी डेढ सय फर्निचर र फर्निसिङजन्य सामग्रीका स्टल रहने छन्।

प्रकाशित: ३० वैशाख २०७६ ०३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App