२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

पोखरामा सुजुकी मोटर्सको सर्भिस

पोखरा – सुजुकी मोटर्सको आधिकारिक वितरक सिजी मोटोकर्पले पोखरामा अत्याधुनिक सर्भिस सेन्टर खोलेको छ। कम्पनीले बतास ब्रदर्सको नामबाट उक्त सर्भिस सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ। सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरी र बतास ब्रदर्सका प्रबन्ध निर्देशक शान्तराज बतासले उक्त सर्भिस सेन्टर उद्घाटन गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

१० हजार वर्गफुटमा फैलिएको उक्त सर्भिस सेन्टरमा ६ वटा वर्किङ बे र मासिक हजारवटा गाडी सर्भिसिङ गर्न सक्ने क्षमता छ। सुविधासम्पन्न तथा अत्याधुनिक मेसिन तथा औजारले सुसज्जित यस सर्भिस सेन्टर बडी मेन्टिनेन्स सप, पार्ट सप तथा इन्जिन रिपेयर एरिया गरी छुट्टाछुट्टै शाखामा विभक्त छ। सर्भिस सेन्टरमा सुजुकी डाइग्नोस्टिक टुल्स तथा कम्प्युटराइज्ड सिस्टमद्वारा गाडी परीक्षण गरिने बताइएको छ।

प्रकाशित: २० वैशाख २०७६ ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App